-सोनी शर्मा 

तिलको लड्डु कसले खाओस् सुनकै लड्डु पाएपछि...... 

Hollywood Khabar January 13,2019 Comments

के को तरुल खानु राजै 
चड्कन च्युरा खाएपछि  
नेपालमा रमिता भो 
गणतन्त्र आएपछि। 

तिलको लड्डु कसले खाओस् 
सुनकै लड्डु पाएपछि 
नेपालमा रमिता भो 
गणतन्त्र आएपछि।   

सक्खर खण्ड चाहिएन भो
होलि वाइन  खाएपछि 
नेपालमा रमिता भो 
गणतन्त्र आएपछि।   

खिचडीको कुरै छोडौँ 
वाइडवडी खाएपछि 
नेपालमा रमिता भो 
गणतन्त्र आएपछि। 
 
खाने बेला एक्कै ठाउँमा 
लट्टे (चाम्रे)जस्तै भएपछी  
नेपालमा रमिता भो 
गणतन्त्रआएपछि। 

फुरौलाको कुरै छोडौँ  
सबै नेता बुर्लुकबुर्लुक 
नेपालमा रमिता भो 
गणतन्त्र आएपछि। 

-सम्पूर्णमा माघे (मकर )सक्रान्तिको शुभकामना।