मगर विद्यार्थी संघको अध्यक्षमा कमल थापामगर निर्वाचित

Hollywood Khabar January 30,2017 Comments

नेपाल मगर विद्यार्थी संघको अध्यक्षमा कमल थापामगर निर्वाचित भएका छन्। मोरङमा मंगलबार सम्पन्न भएको नवौं राष्ट्रिय महाधिवेशनबाट कमल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

नेपाल मगर विद्यार्थी संघको अध्यक्षमा कमल थापामगर निर्वाचित भएका छन्। मोरङमा मंगलबार सम्पन्न भएको नवौं राष्ट्रिय महाधिवेशनबाट कमल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। संघको वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार थापामगर निर्वाचित हुनुभएको छभने अठार मगरात क्षेत्रको भाषिक उपाध्यक्षमा जुनु बुढामगर निर्वाचित हुनुभएको छ ।महासचिवमा हिमाल घर्तिमगर , मुख्य सचिवमा लोकमान पुन मगर निर्वाचित हुनुभयो ।
यसैगरी संगठन सचिवमा तेजबहादुर राना मगर निर्वाचित हुनुभयो भने प्रचारप्रसार सचिवमा कला आले मगर निर्वाचित हुनुभएको छ। विदेश सचिवमा चन्द्र थापा मगर निर्वाचित हुनुभएको छ।कोषाध्यक्षमा चित्रबहादुर पुलामी मगर निर्वाचित हुनुभएको छ। बाह्र मगरात भाषिक उपाध्यक्षमा मनिष सुर्य मगर, काइके भाषिक उपाध्यक्षमा निरज पुन मगर, महिला उपाध्यक्षमा निरमा श्रीस मगर र महिला सचिवमा सुमना थापा मगर निर्विरोध निर्वाचित हुनुभएको छ। केन्द्रीय सदस्यमा बाग्मती, राप्ती र जनकपुर अञ्चलमा निर्वाचन भएको थियो। बाँकी सबै अञ्चल तथा प्रतिष्ठान कमिटिमा निर्विरोध भएका थिए। ६३ सदस्यीय निर्वाचित समितिको कार्यकाल तीन वर्षको हुनेछ। ।