-बरिष्ठ संगीतकार मदन दिपबिमाको स्मृतिमा श्रद्धा-सुमन सभा गरिंदै

बरिष्ठ संगीतकार मदन दिपबिमाको स्मृतिमा श्रद्धा-सुमन सभा गरिंदै

Hollywood Khabar May 30,2019 Comments

कृष्ण के सी/अमेरिका/५/३१/१९

बरिष्ठ संगीतकार, गायक, गीतकार तथा कलाकार मदन दिपबिम बस्नेतको स्मृतिमा श्रद्धासुमन सभाको आयोजना गरिएको छ।

सान फ्रान्सिस्को बे एरियाका संघ-सँस्था तथा व्यक्तिहरुको सहयोगमा यहि जुन २, २०१९ आइतबार सो कार्यक्रम हुन लागेको हो। दिनको २ बजे देखि सांझ ६ बजे सम्म हुने कार्यक्रममा स्वर्गीय बस्नेतको स्मरण गरिने छ। यसका साथै उहाँको सम्मान र स्मरणमा उहाँका संगीतबद्ध गीतहरु सुनाइने समेत कार्यक्रम रहेको छ।

Jewish Community Center of the East Bay - Berkeley Branch-JCC-EastBay, Berkele, 1414 Walnut St, Berkeley, CA 94709 मा हुने कार्यक्रममा सान फ्रान्सिस्को बे एरियाका सबैलाई निमन्त्रणा गरिएको छ।

बस्नेतबारे निर्मल फुँयालको स्टेटमेण्ट:

१५०० भन्दा धेरै गीतहरुको संगीत र २०० जति स्वर दिएका बस्नेत यस क्षेत्रमा बस्नुहुन्थ्यो। दुर्भाग्यबस मदन दिपबिम बस्नेत गत अप्रिल २२, २०१९ मा यस धर्तीलाइ छाडेर जानुभयो। अप्रिल २५, २०१९ मा सिटी अफ हेवार्डको एउटा क्रिमेशन सेन्टरमा उहाँको विधिपूर्वक अन्तिम संस्कार गरियो। त्यसपछि उहाँ हाम्रो सम्झनामा मात्र हुनुहुन्छ । त्यसैले उहालाई हृदय देखि नै श्रद्धासुमन अर्पण गरौँ ।