३ जेठ, काठमाडौं।आज मदन भण्डारी तथा जीवराज आश्रितको २६औं स्मृति दिवस!रहस्मय जीप दुर्घटनाको तथ्य बाहिर ल्याउन नसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले विभिन्न कार्यक्रम गरी स्मरण गर्दैछन्।एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो ।२६ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य मदन पत्नी विद्या भण्डारी राष्ट्रपति र उनका समकालीनले खोज्न चासो दिएका छैनन्।
दुइ तिहाइ बोकेको नेकपाको सरकार र स्वर्गीय मदन भण्डारीकि श्रीमती विद्या भण्डारीले राष्ट्रपतिको बागडोर सम्हाल्दा पनि यस घटनाको छानबिन नहुनु र दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ ।विचार, वाकपटुतालगायत कारणले चर्चित नेता भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) विकास गरेका थिए ।एमाले र माओवादी केन्द्र एकीकृत भएर निर्माण भएको पार्टी नेकपामा मदनले अघि सारेको जबजबारे बहस छ ।
सिफारिस
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता
दुइ उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु