-मधेशी एशोसिएशन इन अमेरिका

मधेशी एशोसिएशन इन अमेरिकाले १० ठाउँमा होलीपर्व आयोजना गर्यो

Hollywood Khabar March 13,2019 Comments

कृष्ण के सी/अमेरिका ३/१४/१९
मधेशी एशोसिएशन इन अमेरिका (मा) -Madheshi Association in America (MAA) का राज्यच्याप्टरहरुको आयोजनामा विभिन्न १० ठाउँमा होलीपर्व २०१९ मनाइने भएको छ।
 
मा ले हलिउडखबरलाइ दिएको जानकारी अनुसार मा का बिभिन्न १० राज्य च्याप्टरहरुले होलीपर्वको आयोजना गरेका छन। होलीमा सबै नेपालीहरुलाइ हार्दिक निमन्त्रणा गरिएको छ।
  • मार्च १६, २०१९ मा अष्टिन च्याप्टरको आयोजनामा Cedarpark YMCA मा १० बजे बिहान देखि ५ बजे सांझ संम्म होली पर्व मनाइने भएको छ।
  • त्यसैगरी डालस च्याप्टरको आयोजनामा मार्च २३, २०१९ का दिन Turner Park, 600 N Beltline Rd, Grand Prairie, TX 75050 मा बिहान ११ बजे देखि दिनको ४ बजे सम्म होलीपर्व मनाइने कुरा जनाइएको छ।
  • मार्च २३ मा नै फ्लोरिडा च्याप्टरको आयोजनामा John Prince Park, Lake Worth, FL मा मध्यान्नको १२ बजे देखि ४ बजे सम्म होलीपर्व मनाइने भएको छ।
  • न्यूयोर्क च्याप्टरको आयोजनामा मार्च २४, २०१९ का दिन TBD मध्यान्न १२ बजे देखि साँझ ६ बजे सम्म होलीपर्व मनाइने कुरा जनाइएको छ।
  • ग्रेटर वाशिंङ्गटन डिसी च्याप्टरले मार्च २४, २०१९ मा 8101 Seymour Rd मा बिहान १० बजे देखि दिनको ४ बजे सम्म कार्यक्रम आयोजना गरेको छ।
  • न्यू इङ्ल्याण्ड च्याप्टरको आयोजनामा २३ मार्च २०१९ मा आयोजित होलीपर्व 1434 Locus St, Fall River, MA, 02723 मा बिहान ११ बजे देखि साँझ ५ बजे सम्म मनाइंदै छ।
  • त्यसैगरी नर्दन क्यालिफोर्निया च्याप्टरको आयोजनामा मार्च १६, २०१९ शनिबार होलीपर्वको आयोजना गरिएको छ। कार्यक्रम John Barovetto Park मा दिनको ४ बजे पछाडी सुरु हुनेछ।
  • ओहिओ च्याप्टरले पनि अप्रिल १३, २०१९ मा 2724 Defiance Dr, Columbus, Ohio मा दिनको २ बजे देखि ४ बजे सम्म आयोजना गरेको छ।
  • मा को पिट्शवर्ग च्याप्टरले मार्च २४, २०१९ मा Hindu Jain Temple, 615 Illini Dr, Monroville, PA 15146 मा दिनको २ बजे देखि सुरु गर्ने भएको छ।
  • त्यसैगरी साउदन क्यालिफोर्निया च्याप्टरले मार्च १७, २०१९ मा 18750 Clarkdale Ave, Artesia, CA 90701 मा दिनको १२ बजे देखि ४ बजे सम्म होलिपर्वको आयोजना गरेको छ।