-Pipal Mani Sigdel

किनारा

Hollywood Khabar March 31,2019 Comments

-पीपल मणि सिग्देल, अप्रिल १, २०१९

थाहा छैन खोलाको इतिहास
कहिले प्रारम्भ भयो यात्रा ?
कताबाट, कतातिर, कहाँसम्म ?
अनवरत, अविरल बगिरहेछ

यही खोलाको यात्राले
यता र उताको सिमानामा
वारि र पारिको नातामा
तेरो र मेरोको भेद खोल्यो
हो यही किनाराले
तल्लो र माथिल्लो रेखा को-यो

सायद यही किनाराले
विश्वमा सिमानाको लहर चल्यो
तिम्रो र मेरो पिरतीमा साँध हाल्यो
टुप्पो र फेदसम्म जताततै विभेदको क्यानभास को¥यो !
किन हो किन यही खोलाको ल
सुनौलो भविष्य खोज्दै
क्षितिज नियालेर
कतिकति माझीले जीवन बिताए,
प्रतीक्षाको बेहिसाबमा बस्छन् खोलाहरू
सायद यो खोला नभएको भए
तिमीसम्म म पुग्ने थिएँ
नयाँ दुनियाँमा भेट्ने थिएँ
जिन्दगीका पे्रमपत्रबाट
सिर्जनाको पोको खोल्दै
सारा अवरोध छिचोल्दै
उन्मुक्तिका साथ
केबल तिमी र म
म र तिमी
मात्र दुनियाँमा
एकछत्र हाँस्ने थियौं
तर, यतिखेर
खोला छ र किनारा पनि छ ।