गीता आत्रेय

म एउटा युद्ध छेड्दैछु

Hollywood Khabar December 16,2018 Comments

मलाई पर्दा तिमी मुख बन्द गर 
तिमिलाई पर्दा म चिच्चाई चिच्याई कराईदिउला । 
मेरो चिरहरण हुदासम्म पनि तिमी चुपनै रहनु 
म तिम्रो चाहाना अनुरुप, मेरो चिरहरणमा
तिम्रो प्रमोसनको कुरा पनि ब्यक्त गरि दिउला 
म स्वार्थि भएअरे, घटना पुरानो भयो अरे 
म सङ्ग भएका प्रमाण यथस्ट भएनन अरे,
तिमी मेरा भएका प्रमाणमा २-४ खोट देखाईदिनु 
हप्ता दशदिन लाई बर्षौ बर्ष बनाईदिनु 
मलाई जवर्जस्ति लतारिएको
त्यो होटलको कोठा तिमी त्यस्लाई सहमति देखिदिन्छौ
सहमतिमा साढे दुईबर्ष कुर्नु पर्दैन 
समाज किन मेरो घृर्णालाई 
जबर्जस्ती प्रेम होकि भन्ने भान पारीदिन्छौ ??? 
महान छन ती आत्माहरु 
जो, म त्यो दिन आर्यघाटबाट आफन्त जलाएर
जिउमा खरानी बोकि निस्किएकि थिएँ भन्दाभन्दै
सहमतिमा होटलको कोठा पुगेकि थिई भन्न सक्छन।
उत्तरदेउ यति घटिया लाञ्छना लाउनेहरु 
के तिमीहरु लास जलाए हनिमुन मनाउन सक्छौ ??
उफ घृणा लाग्छन ति अनुहार 
जो मलाई क्रान्ति गर्नुभयो 
ठिक गर्नु भयो भन्दै 
पछाडी जाबो ११:३० बजे राति फोन आउदैमा 
यस्तो तहल्का मचाउनु पर्दैनथ्यो भनि हिड्छन 
मेरो आत्मालाई नै थाहा छ
मैले कति भोगे कति सहे आधि बेरि 
भगवानले तिम्रो जस्तै सहनशक्ति मेरो पनि बनाएको भए !!!
सायद म पनि तिमी जस्तै रमाउथे होला 
मैले मेरो बारेमा लेखिएको रिपोर्ट आजसम्म नपाउदा,
मेरो सुचना को हक सार्बजानिक रुपमै खोसिदा 
मलाई एक्लै के के गर्न खोजिएन होला?? 
रिपोर्ट नपाएको साक्षि त तिमि पनि हौ
जो जीव भएर पनि निर्जीव छौ 
नबोली दिन्छौ, नमागी दिन्छौ 

कसरि बोलुन ति भित्ताहरुले
ति कोठाका सामानहरुले 
त्यो पलंग अनि त्यो डस्नाले 
जो मेरो घटनाका साक्षी छन् 
बरु त्यहि र त्यस्तै अन्य जबर्जस्तीबाट 
जसोतसो बचेकि नै थिए
समाजले आश्वासन त परै जाओस 
तिरस्कार र तिखा वचन दिए
माफ गर भावि सन्तति मैले एक्लै तोड्न सकिन
क्रूरताको जालो, छोडिदिए दोषीलाइ खुल्मखुल्ला 
म त बचे, अब तिमी र तिम्राको पालो ।
मैले न्यायको लागि बोल्दा 
ठुलो हु भन्नेको मान हानि हुन्छ रे,
मेरो अनुपस्थितिमा उनले मलाई बोलेका शब्दहरु सुन्दा
जो कोहिले कान थुन्छ रे 
के उनले मेरो बारे जे बोले नि मलाई केहि हुदैन ?? 
सोध उनलाई महिलाको बारेमा अस्लिल बोल्दा
कानुनले छुन्छ कि छुदैन ?? 
ति महिला म, मेरी छोरी, र मेरी आमा, मेरी सखी 
अनि ति आम महिला हुन्, 
म आफ्नो लागि गरेको गल्ति को पो क्षमा दान दिन सक्छु 
कसरि माफ दिउ त्यो जलिल बचन को?? 
जुन मेरो मुटुमा बसी खिल झैँ गाडिएर बिझाउछन 
मर्द हुँ जस्तो लाग्ला उनलाई 
महिलालाई नानाथरि लाल्छना लाउदा पक्कै होस
आउला एकदिन गलत बोलेकोमा 
अड्डा अदालत धाउदा आउ युद्ध गरौं खुल्ला मैदानमा
किन काट्छौ पछाडि कुरो 
कलमलाई नै हतियार बनाउँ
हेरौं तिम्रो कि मेरो ठुलो हो 
म त्यसैले फरक पात्र संग अर्को युद्ध लड्दै छु,
जो माफीको लायक नै छैनन युद्ध मात्र हुन्छ
जीवन मानवता मरेपछि 
पिडा भन्ने बल्ल बुझ्छन आफैलाई परेपछी ll
म आफ्नो लागि लड्दा स्वार्थि देखिए अरे
आउ साथ देउ अब 
म मेरो लागि हैन हाम्रो लागि 
एउटा युद्द लड्दै छु