लुम्बिनी गट ट्यालेण्टको उपाधि नोबेल थ्रि एण्जलले उचाले

Hollywood Khabar February 18,2018 Comments

बुद्धभूमि/बुटवल/न्यू सत्य साई कला केन्द्र बुटवलको आयोजना र नसिब गार्मेण्ट उद्योगको मुख्य प्रायोजनमा सम्पन्न नसिब गार्मेण्ट लुम्बिनी गट ट्यालेण्ट २०७४ को उपाधि नोबेल थ्रि एण्जल ले प्राप्त गरेको छ। जसमा यूमी गुरुङ,अंशु गुरुङ र प्रक्रिया गुरुङ रहेका छन्। उनीहरुले उपाधिसँगै यामाहा रे जेड आर स्कुटी प्राप्त गरेका छन्।
त्यसैगरी पूजा पाण्डेले फ्रस्ट रनर अपको उपाधि प्राप्त गरिन् भने नवलपरासीको ट्यूव लाइटले सेकण्ड रनर अपको उपाधि प्राप्त गरेको छ। उपाधिसँगै उनीहरुले ट्रफी, प्रमाणपत्र, गिफ्टह्याम्पर र क्रमशः ४० र ३६ इञ्चको एलइडी टेलिभिजन प्राप्त गरेको केन्द्रकी सञ्चालक सुन्दर दिपा गाहा गुरुङले जानकारी दिइन्। त्यस्तै युनिसा गिरी र सलोनी बैद्धासले बेष्ट पर्फमर्सको उपाधि प्राप्त गरेका छन्।
करिब ४ सय सहभागीहरु मध्येबाट उत्कृष्ट १० मा भएको ग्राण्ड फिनाले गरिएको प्रतियोगिताका संयोजक मनुक थापाले बताए। ५ महिना अघिदेखि सुरु भएको लुम्बिनी अञ्चलस्तरीय प्रतियोगिता शनिबार राती सम्पन्न भएको हो। प्रतियोगितामा नृत्य, गायन, चित्रकला लगाएत विभिन्न विधाका प्रतिभाहरुको सहभागिता रहेको थियो। सो अवसरमा मुख्य प्रायोजक नसिब गार्मेण्टको प्रबन्धक विष्णु भुसालले प्रतियोगिता भव्यताका साथ सफल भएको बताउँदै आगामी प्रतियोगितामा मुख्य प्रायोजन गर्ने प्रतिबद्धता समेत गरे। केन्द्रका प्रबन्ध निर्देशक सुन्दर गुरुङको अध्यक्षता र एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक तथा अन्तराष्ट्रिय लोक सास्कृतिक मेला, नेपालका संयोजक आरसि कोइरालाको (रामचन्द्र) प्रमुख आतिथ्यमा सम्पन्न ग्राण्ड फिनालेको सञ्चालन द्वय सुमन श्रेष्ठ र सुदिप ढकालले गरेका थिए।