-दुबईमा सिल्भर स्पून रेष्टुरेण्ट र लुम्बिनी गेष्ट हाउस रमादानमा पनि खुला रहने

दुबईमा सिल्भर स्पून रेष्टुरेण्ट र लुम्बिनी गेष्ट हाउस रमादानमा पनि खुला रहने

Hollywood Khabar May 09,2019 Comments

लालबहादुर ढेंगा/दुबई/युएई

गएको ६ मे सोमबारदेखि सुरु भएको मुस्लिम धर्मालम्बीहरुको रमादानमा दुबईस्थित लामो समयदेखि नेपाली विभिन्न परिकारका स्वादहरु पस्कदै आएको सिल्भर स्पून नेपाली रेष्टुरेण्ट र लुम्बिनी गेष्ट हाउस सधै जस्तै नियमित रुपमा खुला रहने भएको छ।

दुबईको कानुनी प्रक्रिया अन्तर्गत उक्त रेष्टुरेण्ट र गेष्ट हाउस खुला गरिने भएको हो। एक महिनासम्म चल्ने रमादानमा सांझको सात बजेसम्म रेष्टुरेण्टहरु बन्द हुने गर्दछ भने बाहिर खुला रुपमा खान र पिउन नपाउने चलन रहेको छ ।

बिहानको दश बजेदेखि रातीको एक बजेसम्म खुला राखिने सिल्भर स्पून रेष्टुरेण्ट र लुम्बिनी गेष्ट हाउसमा खानको व्यवस्थाका साथै होम डेलिभेरीको सुविधा समेत रहेका छन् । जसमा शुभ विवहा पार्टी, बर्थडे पार्टी र अन्य कुनै पनि पार्टीका लागि अर्डर अनुसारका बुकिङ्गको व्यवस्था पनि गरिएको छ ।

नेपालीहरुको जमघट हुने मुख्य ठाउं बर दुबईमा यस्ता खालका सुविधाले खासगरी शुक्रबारे बिदाका दिन बिदामा निस्कने आम नेपालीहरुलाई लाभ मिल्ने भएको छ । विगतमा जस्तै बाहिर बस्न नपर्ने र खानका लागि सांझसम्म कुर्न नपर्ने भएको छ । यो सुविधा नेपाली ग्राहक तथा गैर नेपाली ग्राहक वर्गहरुमा धेरै उपयोग हुने सोही रेष्टुरेण्ट तथा गेष्ट हाउसका संचालक नेत्र शर्माले बताउनु भएका छन् भने सेवा प्रदान गर्ने अवसर पनि माग्नु भएको छ ।