- लुक्ला विमानस्थलमा भएको विमान दुर्घटना

लुक्ला विमान दुर्घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन 

Hollywood Khabar April 14,2019 Comments

२ बैशाख,काठमाडौं।सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा भएको विमान दुर्घटनाबारे अनुसन्धान गर्न सरकारले छानबिन समिति गठन गरेको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो। मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा छानबिन समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल सदस्य र समिति सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेको उल्लेख छ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला विमानस्थलमा आइतबार बिहान करिब साढे ९ बजे समिट एयरको ‘नाइन एन एएमएच’ कलसाइन विमान दुर्घटना भएको थियो ।दुर्घटनामा समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका समिट एयरका पाइलट रवीन्द्र बहादुर रोकाया र हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ उपचारपश्चात् घर फर्किसकेका छन् भने मनाङ एयरका कर्मचारी लाक्पा शेर्पाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।आइतबार बिहान समिट एयरको हवाई जहाज काठमाडौंतर्फ उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको ‘नाइनएन एएलसी’ कल साइन हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको हो ।