https://www.youtube.com/embed/_CEuD_y9AyA

Luisang waiba, FIFNA Chairman

लुइसाङ्ग वाइबासंग आदिवासी जनजातीबारे कुराकानी

Hollywood Khabar August 19,2017 Comments

कृष्ण के सी/अमेरिका
लुइसाङ्ग वाइबा उदयपुर जिल्लामा जन्मेर मोरंगमा हुर्नेका जवान व्यक्ति अमेरिकामा नेपाली आदिवासी जनजाती नेता हुनुहुन्छ। हाल नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाको दोश्रो कार्यकालका लागि अध्यक्ष रहनुभएका वाइबाको जनजाति-आदिवासीबारे एउटा छुट्टै दृष्टिकोण रहेछ।
आङ्ग काजी शेर्पाको जास्तो “अरु जाती काटिन्छ आलो रगत चाटिञ्छ” भन्ने आतंकबादी कुराको बिपक्षमा हुनुहुन्छ वाइबा। आदिबासी जनजाती भनेका छुट्टै कुरा होइन, समाजकै एउटा भाग हो र तेही समाजमा उनीहरुलाई अरु सरह पुर्याउनु पर्छ भन्ने मात्र हो। अरुलाई सखाप पारेर आफु हुने भन्ने होइन। यसका लागि छ्ट्टै पार्टी र सत्त्ता आवश्यक होइन। यो त आदीवासी जनजातीहरुलाई एउटा समान अवस्थामा लैजाने अभियान हो। एउटा निश्चित ठाउँमा पुगेपछि यसको दृष्टिकोण र आवश्यकता फरक हुन्छ।  
हुन पनि वाइबाको कार्यकाल पछि अमेरिकामा पनि आदिवासी जनजाती र अन्य नेपाली मुलका बीचको भड्खारो कम हुँदै गएको छ। समाजमा एउटा समानताको कुरा फरक ठाउँ र फरक अवस्थामा उठ्ने कुरा हुन् तर अमेरिकाममा नेपाली समुदायमा नेपालकै रुपमा गएको बाटो अब बिल्कुलै फरक रुपमा गएको छ।
नेपाली आदिवासी जनजाति भनेको एउटा अध्ययनको पाटो पनि हो। धेरैको जिज्ञासा हुन्छ यसबारे जान्ने र अनुसन्धान गर्ने। तेसतर्फ हामीले थप काम गर्नुपर्छ वाइबाले भन्नुभयो।
सालिन स्वभावका वाइबासंगको छोटो कुराकानी :