तस्बिर वेब

लुगा सुकाउने क्रममा घरको छतबाट खसेर मृत्यु

Hollywood Khabar June 17,2019 Comments

३असार, सर्लाही।घरको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ। सर्लाही सदरमुकाम मलंगवा  नगरपालिका ३ निवासी राकेश गुप्ताकी १६ वर्षीया छोरी सपना गुप्ताको मंगलबार दिउँसो  लुगा सुकाउने क्रममा घरको छतबाट खसेर मृत्यु भएको हो।

दुई तले घरको छतमा लुगा सुकाउँदै गर्दा तल खसेकी किशाेरीलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्यालए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको सर्लाही प्रहरीले जनाएको छ। मृतक किशोरी माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेकी थिइन्।