-लोकसेवा आयोगको विज्ञापन रोकेपछि त्यसको विरोधमा प्रदर्शन

लोकसेवा आयोगको विज्ञापन रोकेपछि युवाहरुद्वारा प्रदर्शन

Hollywood Khabar June 10,2019 Comments

२८ जेठ, काठमाडौं।लोकसेवा आयोगको विज्ञापन रोकेपछि त्यसको विरोधमा युवाहरुले प्रदर्शन गरेका छन्।रोक्न राज्य व्यवस्था समितिले दिएको निर्देशनको विद्यार्थीहरुले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् ।उनीहरुले लोकसेवाको विज्ञापन रोकेर करारमा कर्मचारी भर्ना गर्न नपाइने बताएका छन् ।स्थानीय तहमा ९ हजार बढी कर्मचारी माग गर्दै लोकसेवाले जेठ १५ मा विज्ञापन निकालेको थियो । तर, समावेशी नभएको लगायतका कारण देखाउँदै संसदको राज्य व्यवस्था समितिले सोमबार रद्द गर्न निर्देशन दिएको छ ।