-तस्बिर वेब

परिमार्जनसहित लोकसेवाले पाठ्यक्रम विज्ञापन खोल्दै

Hollywood Khabar December 10,2018 Comments

२६ मंसीर काठमाण्डौं।आयोगले यस वर्ष तीनवटै सेवाको पाठ्यक्रम समेत परिमार्जन गरेको छ।न्याय सेवाका लागि प्रथम चरणको परीक्षा हटाएको आयोगले जनाएको छ।कम परिक्षार्थी सहभागी हुने अनुमान गरि न्याय सेवाका लागि पहिलो पत्र हटाएको आयोगले जनाएको छ।

यस्तै लेखा र संसद सेवाका लागि चौँथो पत्र हटाएको छ।ऐच्छिक विषयका रुपमा रहने चौथो पत्र हटाएको हो।लेखा र संसद सेवाका लागि प्रथम पत्र भने कायम राखिएको छ।पाठ्क्रम आयोगको वेभसाइटमा राखिएको छ।

आयोगले प्रशासन, स्वास्थ्य र प्राविधिकको विज्ञापन अनिश्चित रहेको जनाएको छ।अब ती सेवाका लागि समायोजन अघि विज्ञापन हुने स्थिती नदेखिएको आयोगका एक अधिकारीले बताए।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत आयोगलाई ती सेवामा विज्ञापन गर्नेबारे मौन बसेको छ।