Lokmani Rai, Pic from NEAJA

समाचार लेखेकै भरमा न्यूयोर्कमा पत्रकार कुटिएको प्रति सर्वत्र बिरोध

Hollywood Khabar November 08,2018 Comments

कृष्ण के सी/अमेरिका

कहिले काहिँ हामी तात्तो न छारोमा बिच्कन्छौ। अनि अलिकति तुजुक देखाउन पाउँदा हाफ्नो हैसियत र कानुन समेत बिर्सन्छौ। बिगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले पनि समाचर लेखेकै भरमा आजीवन सदस्यता खारेज गर्छु भनेर पत्र काटेको थियो। तर पछि परिषद भित्र, नेपाल अमेरिका पत्रकार संघ-नेजा, पत्रकारहरु, सामाजिक संजाल र सर्वत्र बिरोध भयो। त्यसपछि उनीहरुले त्यो पत्र बैठकबाट फिर्ता लिए तर आफ्नो गल्ति भएकोले महासचिवले त्यसलाई निर्णयमा लेखेनन्।

तर न्यूयोर्कको नेपाली समाजमा ऐले त्यो भन्दा पनि ठूलो अपराध भएको छ। जुन देशमा सम्मानसाथ् हात मिलाउने र हग गर्ने बाहेक अर्को व्यक्तिलाई छुन सम्म पाइँदैन तेही देशमा पत्रकार कुटिने, त्यो पनि समाचार लेखेकै भरमा भन्दा अचम्म लाग्न सक्छ। तर पनि त्यो कुरा सत्य हो।

कोलोराडोको बिआर्टिनेपाल डटकमका पत्रकार लोकमणि राइलाइ नेपालको प्रदेश # १ सरकारका मुख्यमन्त्रीको समाचार लेखेकै भरमा न्यूयोर्कमा अर्का एक नेपाली उमेश राइले घाइते हुने गरि पिटेका छन्। पिटाइ खाएर घाइते भएका पत्रकार राइलाइ प्रहरीले अस्पताल भर्ना गरेको छ।

सो बिषयमा बिआर्टिनेपाल डटकम, नेपाल अमेरका पत्रकार संघ-नेजा लगायत पत्रकार, समाचार संस्थाहरुले बिरोध गरेका छन्। हलिउड खबर, समाचार लेखेकै भरमा पत्रकर कुट्ने जस्तो कुण्ठित बिचार र कानुन बिपरितक जघन्य अपराध गर्नेहरुको बिरोध गर्दछ।