तस्बिर साभार वेब

लोकन्थलीमा पहिरोका कारण पाँच घर जोखिममा

Hollywood Khabar August 19,2019 Comments

४ भाद्र भक्तपुर।मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा पहिरोका कारण पाँच घर जोखिममा परेका छन् । अरनिको राजमार्गबाट दक्षिणतर्फ युनिक स्कुल छेउमा पहिरोले सडक भत्किए पछि पहिरोका कारण सन्तोष तामाङ लगायतका पाँच घर सबैभन्दा बढी जोखिममा परेका हुन्।स्थानीय  सन्तोष तामाङ,प्रेम लामा, पूर्ण सापकोटा,कृष्ण थापा र भरत पौडेलको घर जोखिममा रहेको महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी शान्तिराज कोइरालाले बताए ।

सडकमुनिको सरकारी जमिनमा काठमाडौं उपत्यका खानेपानी बोर्डले डिपबोरिङ गरी ट्यांकी निर्माणका लागि स्काभेटरमार्फत खन्न थालेको थियो।स्काभेटरले खन्दा माथिपट्टि सडकसँगै रहेको भाग चर्किएपछि स्थानीयले विरोध जनाएका थिए। गगएको सोमबार महानगरीय प्रहरी वृत्त ठिमीमा छलफलपछि वर्षाभरि काम नगर्ने सहमति भएको थियो।तर,सोमबार साँझको वर्षाका कारण चर्किएको भाग सोमबार राति नै खसेको थियो । सडक क्षतिग्रस्त भएपछि एक सय परिवारलाई आवतजावतमा समस्या भएको छ ।

ढल फुटेर झनै पहिरोको खतरा बढेकाले पूर्वसतर्कता अपनाउन आग्रह गरिएको प्रहरीले जनाएको छ । खानेपानीको पनि पाइप फुटेर अवरुद्ध भएको छ । स्थानीयवासीलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको डिएसपी कोइरालाले बताए । पहिरोको स्वरूप बढ्दै गए घरलाई क्षति पुर्यायाउने भएकाले तत्कालका लागि पहिरो रोकथाम गर्न स्थानीयले नगरपालिकालाई आग्रह गरेका छन् ।