नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टर, अमेरिका

लोकतान्त्रिक मूल्य अनुरुप संसदको मर्यादा कायम राख्न सरकार र सभामुख निष्पक्ष हुन सकेनन

Hollywood Khabar January 30,2019 Comments

तत्कालिन नेपाली कांग्रेस सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकलाइ विस्थापित गरी शैक्षिक माफियाको हितमा कम्युनिष्ट सरकारले पास गरेको विधेयक प्रति नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरको बिरोध रहेको छ।

लामो समय देखि चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसेका डा गोविन्द के सी भएको सम्झौतको वास्ता नगरी प्रतिपक्ष दललाइ समेत अपमान हुने गरि दुई तिहाई बहुमतको दम्भमा वर्तमान सरकारले लोकतान्त्रिक मूल्य, मान्यताका विरुद्धमा गरेको हर्कतको जति निन्दा गरेपनि कम हुन्छ।

नेपाल संसदिय ब्यवस्था भएको देश हो। संसदकै सर्बोच्चताबाट निर्मित सरकारले संसदको मर्यादा नै भुलेर बहुमत संसदको इच्छा बिपरित विना निर्वाचन चिकित्सा शिक्षा बिधेयक पास गर्नु जनता र राष्ट्रको बिपक्षमा छ। साथै संविधानमा उल्लेख गरिएका व्यवस्थालाई पनि ठाडै उल्लङ्घन गर्दै संवैधानिक प्रक्रिया र लोकतान्त्रिक मूल्यमान्यतालाई धज्जी उडाउन वर्तमान सरकार निरन्तर लागी परेको छ।

संविधानको मर्म र भावना अनुरुप लोकतान्त्रिक मूल्यमा संसदको मर्यादा कायम राख्न सरकार र सभामुखको भूमिका निष्पक्ष हुन सकेको छैन। यसरी संसदको सभामुख जस्तो पदमा आशिन ब्यक्ति प्रधानमन्त्री र नेकपाका अध्यक्षको इशारामा त्यही संसदको हित विपरित लागेर विधेयक पास गराएको प्रति जनसम्पर्क समिति नर्दन क्यालिफिर्निया च्याप्टरको ध्यानाकर्षण भएको छ ।

साथै, सरकारले गैरजिम्मेवार र पूर्वाग्रहपूर्ण तरिकाले लोकतान्त्रिक आन्दोलनका श्रद्धेय नेता गिरिजाप्रसाद कोइराला र संविधानका पिता श्रद्धेय सुशील कोइरालाको नामका निर्मित स्वास्थ्य संस्थालाई संघीय सरकार मातहत नरहने गरी हटाऊने दुस्प्रयास गरेर प्रतिशोधको राजनीति गरेको छ।

देशमा शान्ति सुरक्षा छैन। हत्या हिंशा र बलात्कार दिनानुदिन बढिरहेका छन्। सरकार बलात्कार र हत्यारालाइ कारवाही गर्नुको सट्टा झन् अपराधीलाइ लुकाउन उद्दत भएको कुरा निर्मला हत्याकाण्डबाट प्रश्ट हुन्छ । सरकारले सुरक्षा निकायको चरम दुरुपयोग गरेको छ । प्रधानमन्त्री बिदेश भ्रमणबाट फर्किँदा बडामाहाजलाइ जस्तो गरि सेनाको सलामी ग्रहण गर्नुले नेपाल जस्तो प्रजातान्त्रिक देशको उपहास भएको छ ।

नेपाली जनताको विपक्षमा, प्रजातन्त्रिक शक्तिलाइ नै त्रसित पार्ने गरी दुइतिहाइ बहुमतको सरकारले देखाएको कार्यशैली र गैह्रजिम्म्वार चरित्रको जति निन्दा गरे पनि कम हुन्छ । सरकारका अधिनायकबादी कार्यशैलीको बिरुद्धमा लोकतान्त्रिक, न्यायिक र सिर्जनात्मक तरिकाले बिरोध हुन आवश्यक छ । जनताको लोकतान्त्रिक र नैसर्गिक अधिकारलाइ सुरक्षित गर्नको लागी सरकारको कडा निन्दा र विरोध गर्दै नेपाली कांग्रेसले संसद र सडकबाट गर्ने सबैखाले विरोधका कार्यक्रमप्रति ऐक्यवद्धता जनाउँदछौं ।
नारायण खनाल
कार्यवहाक सभापति,
नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टर, अमेरिका