-नेपालको अति विपन्न राउटेहरुको ५३ परिवारलाइ फिप्ना अमेरिकाको राहत

नेपालको अति विपन्न राउटेहरुको ५३ परिवारलाइ फिप्ना अमेरिकाको राहत

Hollywood Khabar July 09,2020 Comments

नेपालको अति विपन्न राउटे समुदायलाई राहत वितरण गर्न पाउदा हामीलाई चरम आत्मासन्टुष्टी प्राप्त भएको छ । नेपालको अति लोपोन्मुख तथा विपन्न समुदाय मध्ये एक हो राउटे जाति। जुन समुदायको अहिले सम्म पनि सामान्य मानिसहरू जस्तो व्याक्तीगत सम्पती जोडजाम गर्ने वा निजी सम्पत्ति छैन। आफूहरूलाई जंगलको मालिक ठान्ने नेपालका आदिवासी समुदायहरू मध्ये एक हुन राउटे समुदाय। जुन समुदाय आजसम्म पनि शिक्षा, स्वास्थ्य तथा रोजगारीको विषय भन्दा पर छन् राउटे समुदाय। त्यो समुदायमा खाद्यान्न सहित टेन्ट लिएर नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) को राहत सामाग्री त्यस ठाउमा पुगेको छ। सबै राउटे परिवार (५३ परिवारलाई) राहत वितरण गरीएको छ।

हामी सवै सहयोगी मनहरूप्रती लाखौ लाख धन्यवाद व्यक्त गर्दछौ। विशेष गरी नेपाल आदिवासी जनजाति महासंघ दैलेख जिल्ला समन्वय समितिका अध्यक्ष खगेन्द्र पुन मगर, नेफिन गुराँस गाउपालिका र समन्वयात्मक भुमिकाको लागी नेफिन केन्द्र साथै विदेश विभाग ईन्चार्ज गोविन्द छन्त्याल, गुराँस गाउँपालिकाका अध्यक्षप्रती हार्दिक धन्यवाद व्यक्त गर्दछौ।

साथै देशको विभिन्न ठाउहरूमा खाद्यान्न राहत वितरण भईरहेको छ। सरिहा जिल्लाको कल्याणपुर नगरपालिका वडा न १, ६० घर मुसर समुदायलाई अषाढ २२ गते वितरण गरीयो। दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा १. ५ मा ५३ परिवारलाई आषाढ २५ गते, धनकुटाको लेउती कोरिडोरका मजदुरहरूलाई ६५ परिवारलाई अषाढ २६ गते, मकवानपुरको राक्सिराँङ गाउपालिका वडा न ५ मा अषाढ २६ गते वितरण गरिदैछ।

त्यस्तै सुनसरीको मधुवन कोशी टप्पु , कोशी गाउपालिकाका ४० परिवार मजदुरहरूलाई अषाढ २९ गते र तमोर कोरीडोरका माँझी समुदायहरूलाई खाद्यान्न राहत वितरण गरीने छ ।प्रति परिवार परिवारलाई २५ किलो चामाल, २ किलो दाल , एक लिटर तेल र १ प्याकेट नुन का दरले वितरण गरीने छ । साथै उपत्यकामा प्रत्येक दिन ३०० जनालाई खाना वितरण गरीरहेका आज पाचौ दिन भयो यो क्रम अझै ३ दिन चल्नेछ । साथै उपत्यकामा रहेका घरबाहविहिनहरूलाई २० वटा त्रिपाल वितरण गरीएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) को आर्थिक सहयोग, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय काठमाण्डौ नेपालको समन्वयमा स्थानिय गाउँपालिका , स्थानिय संघसंस्थाहरू , नेफिन शाखाहरू , फोनिज केन्द्र तथा विभिन्न सामाजिक अभियन्ताहरूसंग सहकार्य गरीरहेका छौ ।

लोक चेम्जोङ

अध्यक्ष- फिप्ना

जुलाई १०, २०२०