साङ्केतिक तस्बिर:साभार वेब

लकडाउनलाई कडा बनाउने सरकारको निर्णयलाई निरन्तरता दिने तीनै जिल्लाका जिल्ला प्रशासन प्रमुखहरुको बैठकको निर्णय

Hollywood Khabar June 03,2020 Comments

२२ जेठ काठमाडौं।काठमाडौं उपत्यकालगायत देशका थुप्रै स्थानहरुमा व्यवशायीहरु लकडाउन विरुद्ध उत्रिरहेको अवस्थामा तीनै जिल्लाका जिल्ला प्रशासन प्रमुखहरुको बैठकले लकडाउनलाई कडा बनाउने सरकारको निर्णयलाई निरन्तरता दिने निर्णय गरेको छ।हामी सरकारको निर्णयविरुद्ध जान सक्दैनौँ। सरकारको निर्णय कार्यान्वयन गर्ने भएकाले सरकार निर्णय अनुसार नै लकडाउनलाई कडाइसाथ कार्यान्वयन गर्ने निर्णय गरेको कुरा ललितपुर जिल्ला प्रशासन प्रमुख नारायणप्रसाद भट्टले जानकारी दिए।

केही दिनअघि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा व्यवसायीहरुले निर्णय नै गरेर व्यवसाय सुचारु गर्न थालेका छन्। बुढानिलकण्ठ नगरपालिकाले पनि निर्णय गर्दै बिहान दुई घण्टा सबै व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ।काठमाडौं उपत्यकाको पछिल्लो परिस्थितिबारे माथिल्लो निकायलाई जानकारी गराउने पनि निर्णय भएको जनाइएको छ। चैत ११ गतेदेखि सुरु भएको लकडाउन सरकारले पछिल्लोपटक जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय भएयता त्यसको संस्थागत विरोध र उल्लंघनहरु भइरहेका छन्।
खासगरी सरकारले जेठ २५ गतेभित्र कर तिर्न निर्देशन जारी गरेपछि व्यवसायीहरु अवज्ञामा उत्रिएका छन्। सरकारले व्यवसायीहरुको दबाबपछि कर तिर्ने म्याद असार ७ गतेसम्म लम्ब्याएको छ।