तस्बिर साभार वेब

'लकडाउन'को सातौं दिन सोमबार पनि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक

Hollywood Khabar March 28,2020 Comments

१७ चैत्र काठमाण्डौं।'लकडाउन'को सातौं दिन सोमबार पनि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ।यस्तै लकडाउनको उल्लङ्घन गरी घरबाहिर निस्कनेलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ ।सोमबार बिहानै काठमाण्डौबाट ६ सय ५४ जना, ललितपुरबाट ६८ जना र भक्तपुरबाट १८ जना गरी सात सय ४० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।उनीहरुलाई केही समय नियन्त्रणमा लिएर जताबाट आएको उतै फर्काइएको छ ।

यसैगरी प्रहरीले सोमबार बिहानै ८४ वटा गाडीलाई पनि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको गाडी बेलुकीमात्रै छाडिनेछ ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रणबाट बच्न सरकारले गएको मङ्गलबारदेखि साताव्यापी लकडाउन घोषणा गरेको थियो । कोरोनाको सङ्क्रमण फैलिरहेकोले सोमबार बसेको बैठकले थप आठ दिन लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ ।