-लायन्स, कन्स्टिच्यूशनल एरिया १ का चेयर राजेन थापाको आयोजनामा १५१ जना लायन्स लिडरहरुको बैठक सम्पन्न

लायन्स, कन्स्टिच्यूशनल एरिया १ का चेयर राजेन थापाको आयोजनामा १५१ जना लायन्स लिडरहरुको बैठक सम्पन्न

Hollywood Khabar May 15,2020 Comments

कृष्ण के सी/अमेरिका/५/१६/२०

लायन्स क्लब अन्तराष्ट्रियका कन्स्टिच्यूशनल एरिया १ का चेयर नेपाली मूलका राजेन थापाद्वारा आयोजित १५१ जना लायन लिडरहरुको बैठक सम्पन्न भएको छ। मे १६, २०२० मा आयोजित १५१ जना विभिन्न क्लब अध्यक्ष र अन्य नेतृत्व तहका व्यक्तिहरुको भर्चुयल बैठक सम्पन्न भएको छ।

अक्टुवर १९१७ मा बिशुद्ध मानव सेवाका लागि प्रतिबद्ध भएर स्थापना भएको लायन्स क्लब हाल विश्वब्यापी रुपमा उदाहरणकै लागि प्रशिद्द रहेको छ। उसो त बिश्वभरिमा ७,२०० भन्दा धेरै लायन्स क्लब नै बनिसकेका छन्। १३०,००० त यसको अभिन्न अङ्ग मानिने Leos नै छन्। विश्वका १५० भन्दा धेरै देशहरुमा सेवा गर्दै आएको लायन्स संजाल सिष्टमले गत बर्ष २०,३९५ प्रोजेक्टहरु गरेको कुरा सूचना दिएको छ।

१५१ जना विभिन्न देश र अमेरिकाका विभिन्न राज्यका लायन्स लिडरहरुको भर्चुयल बैठकमा बिशेष बक्ताको रुपमा लायन्सका सुपरिचित नेपाली लायन्स नेता संजय खेतान थिए। संजय खेतान लायन्स अन्तराष्ट्रियका स्पेसीयालिटी क्लब चेयर हुन्। खेतान अध्ययनले सिभिल इन्जिनियर हुन्। उनि नेपालमा दर्जन भन्दा धेरै सामाजिक संघ-संस्थाहरुमा सहभागी छन्। नेपाल सरकारका पर्यटन र अन्य सेवामा पनि सपोर्ट र सहभागी छन्। नेपालको लायन नेतृत्व इतिहासमा खेतानको पालामा नेपालमा लायन्स सदस्यहरु ४६,३०६ जना पुगेको कुरा राजेन थापाले जानकारी दिए।

खेतानले आफ्नो बक्तब्यमा प्रत्यके १०० वर्षमा आउने गरेको पेण्डामिकले मानव समुदायमा धेरै ठूलो असर पार्ने गरको बताए। यो पटक पनि कोभिड १९ ले विश्वलाइ नै असर पारेको कुरा बताए। तर बिस्तारै विश्व समुदायले यसलाई पनि जित्ने छ, हामीले यो बेला सेवा गर्नु परेको छ, क्लबका अन्य गतिबिधि पछि हुनेछ, खेतानले भने। उनले कोभिड १९ ले मानव समुदाय, नागरिक जनजीवन र विश्व अर्थतन्त्रमा पनि ठूलो असर परेको बताएका छन्। उनले यो बेला लायन्सहरु झनै सक्रिय हुनु पर्ने कुरा समेत बताए।

सो बैठकमा थुप्रै क्लबका लिडरहरुले आफ्नो क्लबक गतिबिधि राखेका थिए। यो समयमा लायन्स क्लबले बिशेष गरि खाना, पिपीइ समान लगायतका कुराहरु वितरण र सहयोग गरेको र नियमित रुपमा यस्तो सपोर्ट गरिने कुरा पनि जानकारी दिइयो। क्लबले आउने दिनमा कोभिड १९ बाट संक्रमित र अन्य संबद्धहरुलाइ सेवा गर्ने कुरा पनि बताइयो।