Laxmi Chaudhary, Zone 8 Chair District 4-C3

लायन्स क्लबको मेडिकल टिमले सुनसरी र सप्तरीमा हेल्थ क्याम्प गर्ने

Hollywood Khabar March 30,2018 Comments

कृष्ण के सी/अमेरिका
लक्ष्मी चौधरी नेपालको सुनसरी जिल्लाबाट अमेरिकाको क्यालिफोर्निया, सान फ्रान्सिस्कोमा बस्दै आउनु भएकी एक सफल ब्यबसायी हुनुहुन्छ। यति मात्र होइन उहँ एक लायन्स अभियन्ता पनि हुनुहुन्छ। लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रिक 4C3 को जोन चेयर हुनुहुन्छ लक्ष्मी चौधरी।
चौधरीले लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रिक 4C3 र कैलाश मेडिकल फ़ाउण्डेशनको संयुक्त आयोजनामा नेपालको सुनसरी र सप्तरी जिल्लामामा फ्री हेल्थ क्याम्पको लागि मेडिकल टिम लिएर जाँदै गरेको बताउनु भयो। हेल्थ क्याम्प कोअर्डिनेटर चौधरी र मेटिकल टिमका साथमा लायन्स क्लब इन्टरनेश्नल रिजन चेयर Games Varghese समेत नेपाल जाँदै हुनुहुन्छ। सो क्याम्प सफल बनाउन लायन्स क्लब अफ वर्कली मकालुका डाइरेक्ट डिकेन्द्र मास्केले हाल नेपालमा तयारी गर्दै गरेको कुरा चौधरीले जानकारी दिनुभयो। यो क्यापमको संयोजन गर्ने मौका दिनुभएकोमा लायन्स क्लब डिस्ट्रिक 4C3 का गभर्नर राजेन थापालाइ चौधरीले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ।
हेल्थ क्याम्प एप्रिल ११ देखि १३ सम्म सप्तरीमा र एप्रिल १५ देखि १७ सम्म इटहरीमा हुनेछ।
मेडिकल टिम जानकारी
Yogesh Bhakta MD
Dirk Smith MD
Pankaj Vij MD
Bhavin Gandhi DDS
Jerry Batten DDS
Bhairavi Parekh DDS
Mary Cranley NP
Erika Valdez RN
James Geer RN
Shailen Mistry