-अगष्ट ११ मा लायन्स क्लब अफ सन्निभेल एभरेष्टको २०१९-२०२० कार्यकालको लागि इन्स्टलेशन कार्यक्रम हुने भएको छ

लायन्स क्लब अफ सन्निभेल एभरेष्टको क्लब इन्स्टलेशन अगष्ट ११, २०१९ मा हुने

Hollywood Khabar August 08,2019 Comments

कृष्ण के सी/अमेरिका/८/९/१९

क्लबका निवर्तमान अध्यक्ष मंगल तामाङले दिएको जानकारी अनुसार अगष्ट ११ मा लायन्स क्लब अफ सन्निभेल एभरेष्टको २०१९-२०२० कार्यकालको लागि इन्स्टलेशन कार्यक्रम हुने भएको छ।

लायन्स क्लब अफ सन्निभेल एभरेष्टको क्लब इन्स्टलेशन कार्यक्रममा क्लबका प्रमुख अफिसर डिष्ट्रिक गभर्नर Richard Silveria रहेका छन्। त्यसैगरी प्रमुख अतिथि सिटि अफ सन्निभेलका मेयर छन्। बक्ताहरुमा लायन्स क्लबका इन्टरनेश्नलका आलेन किङ्ग र Specialty Clubs Coordinator राजेन थापा लगायत रहेका छन्।

क्लबको नव निर्वाचित कार्यसमितिमा अध्यक्ष राजेन्द्र अधिकारी, प्रथम उपाध्यक्ष नारायण खनाल, द्वितीय उपाध्यक्ष क्षेत्री, सचिव ज्ञान लामा, कोषाध्यक्ष रविन्द्र कडेल, होम क्लब जोन पर्शन मंगल तामाङ (निवर्तमान अध्यक्ष) रहेका छन्।

कार्यक्रमबारे थप जानकारी:

Sunday, August 11th, 2019, 10:30 AM-12:00 noon

460 E Middlefield Rd, Mountain View, California

Requested donation for lunch $15.00

Attire : Semi Formal RSVP ASP