LIONS-BANCF कप २०१८, सन्निभेल बिजेता लस एन्जलस उपविजेता

Hollywood Khabar August 18,2018 Comments

कृष्ण के सी/अमेरिका
सान फ्रान्सिस्को बे एरियाका लायन्स क्लबहरु र बे एरिया नेपलीज कम्यूनिटीको संयुक्त आयोजनामा LIONS-BANCF कप २०१८ सम्पन्न भएको छ। खेलमा सन्निभेल टीम बिजेता र लस एन्जल्स टीम उपविजेता भएका छन्।
त्यसैगरी १८ बर्ष मुनीका खेलाडीहरुको लागि आयोजना गरिएको खेलमा लस एन्जल्स टिमले बिजय हासिल गरेको छ भने सान फ्रान्सिस्को बे एरिया टिमम दोश्रो भएको हो। छनोट चरणको खेलहरु विभिन्न स्थानमा हुने भएता पनि फाइनल खेल भने अगष्ट १९, आइतबार Ohlone College, Fremont, 43600 mission boulevard मा भएको हो।

Los Angelos, Everest Sports Club-Reno, Rohnert Park FC, Himalayan Sherpa FC-Sonoma, Alameda Junge FC, Fremont FC, Sunnyvale FF, Creative FC, Lungta FC, San Leandro FC, East Bay United, El Cerrito FC, SF Ekta FC टिमहरु खेलमा सहभागी थिए।

ति मध्ये सन्निभेल टिम पहिलो र लस एन्जल्स टिम दोश्रो भएका हुन्। बिजेता टिमलाई ट्रफी र नगद $२००० डलर अनि दोश्रो हुनेलाई ट्रफी सहित $१००० पुरस्कारको व्यवस्था थियो।

लाइभ भिडियो हेर्नको लागि तलका दुइ लिंकहरु क्लिक गर्नुहोस:

https://www.facebook.com/krishnakc2017/videos/730289983992722/

https://www.facebook.com/krishnakc2017/videos/286743905445084/