LIONS-BANCF कप २०१८ सान फ्रान्सिस्कोमा

Hollywood Khabar August 16,2018 Comments

कृष्ण के सी/अमेरिका
सान फ्रान्सिस्को बे एरियाका लायन्स क्लबहरु र बे एरिया नेपलीज कम्यूनिटीको संयुक्त आयोजनामा LIONS-BANCF कप २०१८ भइरहेको छ। LIONS-BANCF कप २०१८ यो पटक बिशेष रुपले १८ बर्ष मुनीका खेलाडीहरुको लागि आयोजना गरिएको कुरा आयोजक मध्येका एक गगन पाण्डेले जानकारी दिएका छन।

पाण्डेले हलिउड खबरलाइ दिएको जानकारी अनुसार यो खेलमा लस एन्जलस देखिको एउटा टिम आएको छ भने सान फ्रान्सिस्को बे एरियाको दर्जन जसो टिमहरु छन्। क्याप्टेन मनिशी ओलीको एलए टिमलाइ युवराज ओलीले ब्यबस्थापन गरेका छन्। त्यसै गरी बे एरियाका टिमहरुको ब्यबस्थापन सुनील थापाले गर्दैछन।

छनोट चरणको खेलहरु विभिन्न स्थानमा हुने/हुँदैछन् भने अगष्ट १९, आइतबार Ohlone College, Fremont, 43600 mission boulevard मा सेमिफाइनल र फाइनल खेल हुनेछन। बिहान ९ बजेदेखि सिमेफाइनल र दिउँसो ४ बजे फाइनल खेल हुनेछ।

सहभागी टिमहरुमा Los Angelos, Everest Sports Club-Reno, Rohnert Park FC, Himalayan Sherpa FC-Sonoma, Alameda Junge FC, Fremont FC, Sunnyvale FF, Creative FC, Lungta FC, San Leandro FC, East Bay United, El Cerrito FC, SF Ekta FC रहेका छन्।

तेसै गरि क्वाटर फाइनल खेल भने अगष्ट १८, २०१८ शनिवार Central Park Fremont (Lake Elizabeth) 1110 Stevenson Blvd, Fremont, CA मा हुनेछ। साथमा Picnic को समेत आयोजना गरिएको छ।

बिहान ११:३० देखि ४ बजे सम्म हुने पिकनिक र खेलले भरपूर मनोरंजन दिनेछ। नेपाली खाना, BBQ, नानीहरुको लागि छुट्टै खेलहरु साथमा थुप्रै मनोरंजनका कुराहरुको ब्यबस्था गरिएको कुरा आयोजकहरुले जानकारी दिएका छन्। सहयोग रकम $20 र १० वर्ष मुनीका नानीहरुको लागि निशुल्क हुनेछ।