तिमी चश्मा लगाएको आँखाले हेर्छौ
म नाङ्गो आँखाले हेर्छु
तिमी पञ्जा लगाएको हातले छाम्छौ
म खाली हातले स्पर्श गर्छु
तिमी बुट लगाएर कुल्चदै हिड्छौ
म रित्तो पाईलले टेक्छु
तिमी मन्दिरमा देवता भेट्दैनौ
र आँखा चिम्लेर अपराध गर्छौ
म मन्दिर बाहिर भगवान भेट्छु
हरेक पाषाणमा देवताको वास पाउँछु
म अँध्यारो कोठामा दियो बालेर हेर्छु
मेरो भगवानलाई र आराधना गर्छु
म सकारात्मक सोचले नजर लाउँछु सबैतिर
त्यसैले त मेरा आशा र अपेक्षा
कहिल्यै निराश भएका छैनन्
आ–आफ्नो क्षमता
आ–आफ्नो विश्वाश अनि आस्था
आ–आफ्नो अनुराग एकअर्का प्रतिको
आ–आफ्नो सोचको कुरा हो प्रिय
तिमी जे बोल्छौ त्यहि ठिक लाग्छ तिम्लाई
जे देख्छौ त्यो सहि नहुन पनि त सक्छ
दृष्टी भ्रम पनि त हुन सक्छ
म जे बोल्छु त्यो सत्यताको घेराभित्र हुन्छ
म यस्तै सोच्छु तर पनि,
न तिमी विश्वाश गर्छौ
न म छाति चिरेर देखाउन सक्छु
बिश्वास गर्नुको विकल्प
तिमीसंगनि छैन र मसंग पनि
भाग्न खोज्छ्यौ प्राय तिमी जिन्दगीसित
र म सधैं त्यहि जिन्दगीसित जुधिरहेछु
जिन्दगीसित संघर्ष गर्दै अघि बढीरहेछु
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...