तस्बिर वेब

लिची खादा बिहारमा ४८ बालबालिकाको मृत्यु, दर्जनौको उपचारमा

Hollywood Khabar June 13,2019 Comments

३१ जेठ काठमाण्डौं।भारतको बिहार प्रदेशमा लिची खाएको कारण ४८ बालबालिकाको मृत्यु भएको छ।प्रारम्भिक रिपोर्टका अनुसार लिचिमा रहेको विषाक्त पदार्थको कारण बालबालिकाको मृत्यु भएको हो।यो घटना पछी बिहार सरकारले आफ्नो बालबालिकाहरुलाई खाली पेटमा लिची नखुवाउन आह्वान गरेका छन्।

बिहारको मुजफ्फरपुर जिल्लामा भएको छ जहाँ लिचीका पर्याप्त बगैँचाहरू छन्।लिची खाएर बिरामी परेका बालबालिकाहरूमा  ‘एक्युट इन्सेफलाइटिस सिन्ड्रम(एइएस)’देखिएको थियो।मृत्यु हुने धेरैको रगतमा ग्लुकोजको मात्रा स्वात्तै घटेको थियो।अन्य दर्जनौ बालबालिकाको पनि आइसीयुमा उपचार भैरहेको छ।

बिहारको फलफुलको अत्याधिक आयात हुने नेपालमा पनि सजकता अपनाउन जरुरी छ।प्रत्यक वर्ष भारतमा गर्मी मौसममा यस किसिमको रोगको प्रकोप देखिने गरेको छ।भारतमा गर्मी बढेर तापक्रम ४० डिग्री सेल्सियसभन्दा नाघेको छ।भारतमा यो रोगलाई चम्की बुखार भनिन्छ।सन् २०१४ मा यो रोगको कारण १ सय ५० जनाको ज्यान गएको थियो।श्रोत विभिन्न न्युज ऐजेन्सी