-सांकेतिक तस्विर

लिवियामा अलपत्र परेका १५ नेपालीको उद्दार

Hollywood Khabar May 18,2019 Comments

६ जेठ,काठमाडौं।लिवियाको ट्रिपोलीमा अलपत्र परेका १५ नेपालीको उद्दार गरिएको छ।रोजगारीको आश्वासन दिएर अवैध रुपमा लिविया पुर्‍याइएर डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका अलपत्र परेका १५ नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ ।१५ जना नेपाली कामदारहरूलाई उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्तबहादुर बिक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, प्रकाश विश्वकर्मा, अजयकुमार चौधरी र मनोहर कार्की लाइ उद्दार गरिएको हो।सबै कामदारलाई शरण दिइरहेको आइओएमले नै नेपाल फर्कने हवाई टिकटको प्रबन्धसमेत गर्ने दूतावासले जनाएको  छ ।