https://www.youtube.com/embed/kk0zlLps-q8

-ललितपुरको मुटुमा लेले छ, थाहै नपाइ मायाँले जेलेछ, लाग्यो भने बोर आउनु घुम्नलाई लेले तिलेश्वर

ललितपुरको मुटुमा लेले छ, थाहै नपाइ मायाँले जेलेछ, लाग्यो भने बोर आउनु घुम्नलाई लेले तिलेश्वर

Hollywood Khabar May 05,2019 Comments

कृष्ण के सी/अमेरिका

यदि मेरो स्मरण सहि हो भने मिठाराम के सी ललतिपुरको तत्कालिन लेले गाउँ बिकास समितिका (पूर्व) अध्यक्ष हुन्।

यो गीतमा भारदेउ, सन्तानेश्वर, फुल्चोकी, गोदावारी, नख्खु, दुर्लुङ्ग, कालेश्वोर, महालक्ष्मीस्थान, भट्टेडाडा, तीनपाने, ठोट्नेखोला, माझखण्ड, संखु, मच्छिन्द्ननाथ, पाटन, दुलादुर्लुङ्ग, प्यूटार, आश्राङ्ग लगायत ललतिपुरको मुख्य चिनारी समेमटिएको छ।

मीठाराम के सी, रामशरण महत, ज्ञानु के सी र हिरामाया वाइबाको स्वरले यो पटक लेले गाउँको चिनारीलाई लोकभाकामा दिएको छ। मिठारामको आफ्नै शब्दलाई आफैंले लय भरेर स्वर समेत दिएका छन्।

फुलचोकी कलाकर्मी प्रा लीका लागि यो भिडियो वर्ल्ड कभर मिडिया प्रा लीले बनाएको कुरा भिडियोको यूट्यूबमा जानकारी पाइन्छ। त्यसैगरी यसलाई निर्देशन कृष्ण भक्त महर्जनले गरेका छन् भने कोरियोग्राफी राम सिह भाटले गरेका छन्।