तस्बिर वेब

लेखा अधिकृत घरबिदामा:नगरपालिकामा मच्चियो खैलाबैला

Hollywood Khabar July 11,2019 Comments

२७ असार,म्याग्दी।आर्थिक वर्षको अन्त्यमा सयौं योजनाको भुक्तानी गर्नुपर्ने बेलामा बेनी नगरपालिकाका लेखा अधिकृत वेपत्ता भएपछि नगरपालिकामा खैलाबैला मच्चिएको छ। एउटा विद्यालयका प्रधानाध्यापकसँगको सामान्य विवादको विषयलाई लिएर नगरपालिकाका लेखा अधिकृत नारायणप्रसाद सुवेदीले प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मालाई साउन ५ गतेसम्मको विदा लेखेर सम्पर्क विहीन बनेपछि बेनी नगरपालिकाका विभिन्न क्षेत्रका सयौं उपभोक्ता समितिले नगरपालिकाबाट पाउनु पर्ने भुक्तानी रोकिएको छ।

नगरपालिकाको प्रशासन तथा लेखा शाखामा  भुक्तानी गर्नु पर्ने सयौं योजनाका फाईलको चाङ लागेको छ। बेनी नगरपालिकाको स्वीकृत कार्यक्रम अनुसार विधुतिय पुस्तकालय र विज्ञान प्रयोगशाला स्थापना गरी भुक्तानी लिन आएका बेनी नगरपालिका, २ भकुण्डेस्थित अर्जुन माध्यामिक विद्यालयका प्रधानध्यापक शिव खत्री र लेखा अधिकृत सुवेदी विच बुधवार विवाद भएको थियो। लेखा अधिकृत सुवेदीले स्वीकृत कार्यक्रम र बजेट शीर्षकमा अन्य विद्यालयले नै भुक्तानी लगिसकेकोले थप भुक्तानी गर्न नसक्ने अडान लिएपछि विवाद शुरु भएको थियो। लेखा अधिकृत हिँडेपछि नगरपालिका पूरै ठप्पै भएको छ। समस्या आएको भए सुल्झाउन सकिन्थ्यो तर बिल भुक्तानीको विषयमा लेखा अधिकृतलाई दुर्व्यवहार भएछ’ प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले भने, ‘विदा लेखेर जानुभएको छ, फर्काउने प्रयत्न जारी छ, संभव भइरहेको छैन।’ तीन हुनुपर्नेमा चार हुँदा समस्या लेखा अधिकृत सुवेदीले प्रमुख प्रशासकीय अधिकृतसमक्ष ‘आफूमाथि दुर्व्यवहार’ भएको तथा साउन ५ गतेसम्मका लागि घरबिदा मागेका छन्।