-NRNA:एनआरएनए स्पेनको सचिवका उम्मेदवार लेकाली घिमिरे

NRNA:एनआरएनए स्पेनको सचिवका उम्मेदवार लेकाली घिमिरे

Hollywood Khabar September 06,2019 Comments

भोला लामिछाने/बार्सिलोना/४ सेप्ट्म्बर २०१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको आसन्न निर्वाचनमा लेकाली घिमिरे सचिवको लागि उम्मेद्वार हुने भएका छन्।

जतीबेला जहाँ बोलाउनुस त्यती बेला हाज़िर हुन्छन् घिमीरे स्पेनमा हुने हरेक कार्यक्रममा पुग्न नभ्याउलान तर सहयोग गर्न पछी पर्दैनन कसैलाई निराश बनाएका छैनन ।

सानै उमेरमा बार्सिलोनामा बसाईको छोटो समयमा नै व्यवसायिक सफलता हासिल गरेका युवा हुन घिमीरे। नेपालमा कास्की घर भएका घिमीरे सामाजिक काम गर्न चाहन्छन्। उनले कसैलाई भेट्दा पनि मलाई भोटदिनु भनेका छैनन्। किन भनेको तपाईहरूलाई समाजलाई एनआरएनएमा मेरो आवश्यकता छ। साथै उनले संजालमा सम्पूर्ण उमेद्वारहरूलाई शुभकामना पनि दिने गरेका छन् । उनको सोचाई फराकीलो छ।

सचिवका उम्मेदवार घिमिरे लेख्छन्:-

यात्रा पानीको चक्र जस्तै हो, घुमिरहन्छ। देश र देशभक्तिको सिमाना हुँदैन। हामी साँघुरो हुनु हुँदैनौ । हरेक नेपालीसँग नेपाल हिँडिरहेको छ। नेपाली कुना कुनामा पुग्नु भनेको नेपाल फराकिलो हुनु हो। गैरआवासीय नेपाली संघ स्पेनको छैटौँ महाअधीवेशनको (२०१९-२०२१) कार्यकालको लागि सचिव पदको उम्मेदवारी दिएको यहाँहरू सबैमा सहर्ष जानकारी गराउन चाहन्छु।

लामो स्पेन बसाईमा पनि सधैँ पदीय जिम्मेबारी भन्दा बाहीरबाट मैले यस संस्था नेपाल र नेपालीको आर्थीक, सामाजिक, भौतीक हरेक तबरबाट सरसहयोग हातेमालो गर्दै आएको सबैलाई सर्ववीधित नै छ। बोल्ने क्रम गरेर देखाउने ज्यादा भन्ने मुल नाराकासाथ नयाँ जोश र जाँगरलाई मौका दिनुहुनेछ। पुर्ण आशाको साथ यो अभियानमा लागेको छु।

मेरो क्षमता र हजुरहरूको माया र आशीर्वादले पक्कै पनि नेपालीहरूको हक हित उनीहरूको समस्या र त्यसका समाधानको साथै संस्थाको स्वच्छ छबीको लागि सदैव कटीबद्ध भएर काम गर्ने बचनबद्धता गर्दै हजुरहरूको न्यानो साथको आशा राख्दछु। उम्मेदवारी दिनुहुने सम्पुर्ण साथीभाईलाई शुभकामना !

लेकाली घिमिरे

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन

२०१९-२०२१ का सचिवका लागि उमेदवार