-गैरआवासीय नेपाली संघ, उपाध्यक्ष सोनाम लामा

नेतृत्वको लागि तयार छु तर घोषणा गर्न उपयुक्त समय होइन, कार्यकालको एकतिहाइ समय बाकी छ

Hollywood Khabar February 27,2021 Comments

म आफू गैरआवासीय नेपाली संघ (एनआरएनए) नेतृत्वको लिनको लागि तयार छु। तर अहिले नै उम्मेदवारी घोषणा गर्न उपयुक्त समय होइन। अझै हाम्रो कार्यकालको एकतिहाइ समय बाकी नै छ। एनआरएनए उपाध्यक्ष सोनाम लामाले भन्नुभयो।

तत्कालीन एनआरएनएका अध्यक्ष शेष घलेको कार्यकालमा सुरु गरेको एनआरएनएको मेगा प्रोजेक्टहरुमा निरन्तर काम गर्ने जिम्मेवारी पाउँदा आफुले गर्व महसुस गरेको छु। उसो त वर्तमान अध्यक्ष कुमार पन्तसँग पनि मिलेर काम गरेको आफ्नो राम्रो अनुभव छ, उपाध्यक्ष लामाले भन्नुभयो।

गैरआवासीय नेपाली संघले निर्माण गरेको लाप्राक नमुना बस्ती मेगा प्रोजेक्ट पूरा गर्न लामो समय लाग्दा पनि लाप्राकका स्थानीयहरुको धैर्यतालाई उपाध्यक्ष लामा खुलेर प्रशंसा गर्नु भएको छ। हरेक दुई बर्षमा संघको नेतृत्व परिवर्तनसंगै ढिला सुस्ती हुँदै आएको मनन गर्दै भौगोलिक कठिनाइको बाबजुद पनि निर्माणका कार्यहरु निरन्तर भएको जानकारी पनि गराउनु भयो।

गैरआवासीय नेपाली संघलाई ३ करोड नेपालीहरुको मन मस्तिष्क सम्म पुराउने तत्कालीन संघका अध्यक्ष शेष घलेको नेतृत्वले २०७२ साल बैशाख १२ गते महाभुकम्पको केन्द्रबिन्दु रहेको गोर्खा जिल्लामा एउटा भुकम्प प्रतिरोध नमुना बस्ती निर्माण गर्ने अति महत्वाकांक्षी मेगा प्रोजेक्टको निर्णय अनुसार उपाध्यक्ष सोनाम लामाले आफ्नो जिम्मेवारीलाई कर्तव्यनिष्ठ रहेर निर्बाह गरेको सर्वविदितै छ। भौगोलिक तथा प्रकृतिक कठिनाइलाई वास्ता नगरी घामपानी, हिउद, बर्षा, चिसोगर्मी, हिलो-पहिरो कुनै प्रबाह नगरी निर्माणको काममा निरन्तर तल्लिन रहेकोले यो प्रोजेक्ट पूरा हुन लागेको उपाध्यक्ष लामाले बताउनु भयो।

मेरो उपाध्यक्षको कार्यकाल २०१९-२०२१ को समयमा आफ्नो कर्म थलो अमेरिका भन्दा मातृभुमिको सेवाको लागि नेपालमै बसेर गैरआवासीय नेपाली संघका सबै क्रियाकलापहरुको गतिविधि अभियानका जिम्मेवारहरुमा सकृय भुमिकासित निर्बाह गरेको छु। गफ र भाषण भन्दा काम धेरै गर्न रुचाउने बानी मेरो छ। जिम्मेवारीको काम कर्तब्यमा प्रतिबद्ध रहने उपाध्यक्ष लामा संघको संस्थागत बिकास र सबै गैरआवासीय नेपालीहरुको हक अधिकारको पक्षमा कडा आवाज उठाउने अभिन्यता पनि हुनुहुन्छ।

गैरआवासीय नेपाली नागरिकता संबन्धि समितीका संयोजक समेत रहनु भएका उपाध्यक्ष लामाले हाम्रो जन्मजात नैसर्गिक अधिकार एकपटकको नेपाली सधैको नेपाली र नेपाली नागरिकताको निरन्तर जसलाई वर्तमान संबिधानले गैरआवासीय नेपाली नागरिकता भनेर ब्यबस्था गरेको छ। यसको प्राप्तिको लागि पनि अहम भुमिका निर्बाह गर्दै आउनु भएको छ। यति मात्र होइन गैरआवासीय नेपाली संघमा सबै भन्दा सफल नेतृत्व प्रदान गर्ने तत्कालीन अध्यक्ष शेष घलेको अति करिवी र सहयोगी भएर काम गर्नु भएका उपाध्यक्ष लामा गैरआवासीय नेपाली संघको भिजन २०२० एण्ड बियोण्डको एक सुत्रधार पनि हुनुहुन्छ। गैरआवासीय नेपाली संघमा समावेसी र सामुहिक नेतृत्वमा बिश्वास राख्ने लामाले नेपाल बहुभाषी, बहुकला संस्कृतिको धनी देश भएकोले नेपाली हाम्रो पहिचानलाई बलियो बनाउन गैरआवासीय नेपाली संघको ठुलो भुमिका अझ धेरै फराकिलो बनाउनु पर्नेमा जोड दिनु हुन्छ।

उपाध्यक्ष लामा आफु एउटा पर्यटन व्यावसायी भएकोले विभिन्न ठाउहरुमा तारे होटेलहरुको व्यावसायिक रुपमा सुरु गरि बिदेशमा कमाई गरेको पैसा स्वदेशमा लगानी गर्न सबै गैरआवासीय नेपालीहरुलाई प्रोत्साहन गर्नु भएको छ। गैरआवासीय नेपाली संघको प्लाटफर्म प्रयोगकर्ताले संघलाई कारोबारको ५% जम्मा गर्नु पर्ने प्रस्ताव समेत गर्ने पहिलो व्यक्ति उपाध्यक्ष लामा नै हुनुहुन्छ।

बुद्ध र हिन्दुधर्मको संघम स्थान मुक्तिनाथमा आफ्नो व्यक्तिगत ५ करोड रुपैयाँ खर्चबाट बुद्ध पार्क शान्तिबाटिकाको निर्माण गर्नु भएको छ। यस्ता कयौ काम गरि गैरआवासीय नेपाली संघको शिर उच्च र संघको गरिमालाई सदा उच्च राख्न ठुलो मेहनत गरि निरन्तर अभियानमा लागेका उपाध्यक्ष लामाको ठुलो र धेरै निरन्तर योगदान संघलाई प्रदान गर्दै आउनु भएको छ।

यसै प्रसङ्गमा अब तपाइको गैरआवासीय नेपाली संघमा आगामी योजना के छ भनी प्रश्न गर्दा उहाँको उत्तर सधै एउटै आउने गरेको छ। संघमा गफ र भाषाण गर्ने अनि बिश्व सम्मेलनमा आफू उम्मेदवार बन्दा असंभव गर्न नसकिने घोषणा पत्र लेख्ने, आम गैरआवासीय नेपालीलाई भ्रम र झुटको खेती गर्ने मान्छे म होईन। त्यस्तो मान्छेले जुनसुकै पदको उम्मेदवार जहिले सुकै घोषणा गरे पनि हुन्छ तर उसले केही गर्न सक्दैन। अहिले यो कार्यकालको अझै ८ महिना समय बाकी छ। हामी सबैले मिलेर काम गर्नु पर्दछ। यो कार्यकाल सफल बनाऔ अनि कुरा गरौला।

सिधा उत्तर दिनुस तपाई आगामी कार्यकालको अध्यक्ष पदमा उठ्ने हो कि होईन ? जवाफमा उहाले, म आदरणीय अग्रज तथा साथीहरुको सल्लाहले गैरआवासीय नेपाली संघको आगामी नेतृत्व लिन तयार छु। तर अहिले यो घोषणा गर्ने उपयुक्त र राम्रो समय होइन।हाम्रो कार्यकालको एक तिहाइ समय अझै बाकी छ। अझै हामीले आफ्नो जिम्मेवारी पूरा गर्न समय बाकी छ। अहिले यस बिषयमा यत्ति मात्र भनौ अरु बाकी सबै समयको अन्तरमा बताउदै जाउला।