कृष्ण के सी/अमेरिका/७/१५/२०१९
नेपालकी प्रथम टेम्पो चालिका लक्ष्मी शर्मा अमेरिकामा सम्मानित भएकी छन्। नेपाल विश्व सहयोग संघ तथा पश्चिम अमेरिका नेपाली महासंघ नामका गैर सरकारी क्षेत्रका संस्थाले संयुक्त रुपमा शर्माको सम्मान गरेको कुरा हलिउडखबरलाइ प्राप्त भएको छ।
कार्यक्रममा शर्माले आफ्नो संघर्षमय जीवनको कुराहरु उपस्थित सबैजनाले चासोपूर्वक सुनेका थिए। आयोजक संस्थाहरु नेपाल विश्व सहयोग संघ तथा पश्चिम अमेरिका नेपाली महासंघका अध्यक्ष मणी नेपाली पनेरु तथा उत्तम कुमार कार्कीको संयुक्त रुपमा शर्मालाई सम्मान गरेका हुन्।
कार्यक्रममा एनआरएनएनए एनसीसी अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्ले, लायन्स इन्टरनेश्नल डिस्ट्रिकका पूर्व गभर्नर राजेन थापा लगायत स्थानिय सँस्थ-संस्थाहरुको पनि प्रतिनिधित्व रहेको कुरा जनाइएको छ।