https://www.youtube.com/embed/ZAihT6j1tXA

लक्ष्मी र सारदाको तीज गीतमा स्मृति गुरुआमाको भिडियो निर्देशन

Hollywood Khabar August 01,2018 Comments

महेन्द्र मुस्कान क्षेत्री
महिलाहरुको महान चार्ड तिज परंपरामा तीन दिन मनाइन्थ्यो। आजकल यसको चर्चा र मौसम बढेर एक महिना जस्तो हुन थालेको छ। यसै क्रममा तीज नजिकै गर्दा नेपाली सांगेतिक बजारमा तिजे गीतहरुको तिव्र गतिमा भिड छ ।

यसै भिडभाडमा बहुचर्चित गायिका लक्ष्मी न्यौपानेको नयाँ गीत माईतीको काख सार्वजनिक भयको छ। निकै लामो समय देखि नेपाली लोक गीत क्षेत्रमा प्रावेश चर्चित लक्ष्मी न्यौपानेको यो बर्षको लागि यो पहिलो तिज गीत पहिलो पनि हुन सक्ला। लक्ष्मी न्यौपाने र सारदा बस्यालको स्वरमा रहेको यो तिज गीतमा शब्द पनि गायीका न्यौपानेले नै गर्नु गरेकी हुन्। गीतको संगीत सारदा बस्यालको रहेको छ।

पछिल्लो समय बहुचर्चित निर्देशिका स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशनमा बनेको म्यूजिक भिडियोमा स्वयं स्मृति तिमिल्सिना गुरुआमा, करिस्मा ढकाल, लोमुस शर्मा र आरयन मगरको उत्कृष्ट नृत्य पनि हेर्न पाइन्छ।

सुरेश श्रेष्ठको छायांकनलाई प्रकाश धमलाले सम्पादन गरेका छन। गीतको भिडियो लक्ष्मी। न्यौपानेको आफ्नै यूट्यूब च्यानलबाट सार्बजनिक गरिएको छ।