टेली चलचित्र “लक्ष्मी पूजा”को शुभ मुहुर्त सम्पन्न 

Hollywood Khabar July 08,2017 Comments

काठमाण्डौ/पवन जोसीबाट
२५ असार,पवन जोशी /टेली चलचित्र “लक्ष्मी पूजा”को शुभ मुहुर्त गरिएको छ।क्रियशन अडियो भिडियो तथा उपकरण सर्भिसको प्रस्तुति रहेको “लक्ष्मी पूजा”को शुभ मुहुर्तमा प्रमुख अतिथि मेघा टेलिफिल्मका प्रवन्ध निर्देशक बद्रि पोख्रेलले पानसमा दीप प्रज्वलन गरि शुभारम्भ गर्दै “लक्ष्मी पूजा”ले ब्यवसायीकतामा जोड दिंदै सयौ भाग सम्म निर्माण गरि दर्शक को मन जित्न आग्रह गर्नुभएको छ ।
लक्ष्मी पूजा निर्देशक नरेन्द्र केसी सभापतित्वमा शनिबार भएको शुभ मुहूर्त कार्यक्रमा क्रियशन अडियो भिडियोका अध्यक्ष सबिन राजोपाध्याले स्वागत गर्नुभएको थियो भने बरिष्ट चलचित्र पत्रकार विजय रत्न असंवरेले क्ल्याप दिएपछि पवन  जोशीले नरिवल फोरेर शुभारम्भ गर्नुभएको थियो।
क्यामेरामा स्विच अन छाँयाकार तथा संवादक राजेश शाक्यले गरेपछि बरिष्ट संगीतकार अनिल तुलाधारले शुभ मुहुर्त गर्नुभएको थियो।मुहुर्त संवाद कलाकार द्वय डी एन धिताल र कुशुम सेङ्गयेङ्गले संवाद शुरु गर्नुभएको थियो।लहना मिडीयाका प्रवन्ध निर्देशक सुरेन्द्र भक्त श्रेष्ठ र बरिष्ट कलाकार नन्दा शेर्पाले लक्ष्मी पूजाको बारेमा आ आफ्ना धारणा राख्नु भएको थियो।रबिन राजोपाध्ययको लेखन तथा निर्देशन रहेको लक्ष्मी पूजामा छायांकन एमएस माइकलले गर्नुहुनेछ। कार्यक्रम कलाकार आर के निर्मलले संचालन गर्नुभएको थियो।