गैरआवासीय नेपाली संघका अभियन्ताहरुले लाप्राक नमूना वस्ती परियोजनाको अन्तिम चरणको अवलोकन गरेका छन्। मार्च ४, २०२१ विहान नेपाली समय अनुसार विहान १० बजे तिर अभियन्ताहरुको टोली लाप्राक नमूना वस्ती पुगेको थियो।
अहिले परियोजनाका कार्यहरु अन्तिम चरणमा पुगेको छ। बाँकी रहेका कामहरु यही आउने बैशाखको पहिलो हप्तामा सकिने छ र वैशाख १२ गते नमूना वस्ती लाभग्राहीहरुलाई एक भब्य कार्यक्रम गरी हस्तान्तरण गरिने छ। उक्त परियोजनाका कार्यहरु मेरो संयोजकत्वमा भईरहेको छ ।
म सहितको यस अवलोकन कार्यक्रममा सहभागी हुनेहरुमा राष्ट्रिय पुनरनिर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष डा बद्री केसी, निवर्तमान उपाध्यक्ष तथा सल्लाहकार कुल आचार्य, युरोपका क्षेत्रीय उपसंयोजक कृष्ण प्रसाद तिमिल्सिना, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक मनोज गोरखाली, स्पेनबाट प्रतिनिधित्व गर्ने आइसिसि सदस्य चिन्तामणी सापकोटा, एनसिसि अमेरिकाका निवर्तमान अध्यक्ष डा केशव पौडेल, एनसिसि अमेरिकाका उपाध्यक्ष बुद्धि सागर सुवेदी, परियोजनाका सहसंयोजक श्याम तामाङ, संचारकर्मीहरु, कार्यक्रममा उपस्थित धार्चे गाउँपालिका अध्यक्ष, स्थानीय प्रतिनिधिहरु, लाभग्राहीहरु लगायत परियोजनामा कार्यरत सबै कर्मचारी तथा सरोकारवालाहरुलाई म परियोजना प्रमुखको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु।
यस परियोजना सम्पन्न गर्न सहयोग गर्नु हुने यहाँहरु लगायत विश्वभरीका गैरआवासी नेपालीहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु । तपाइ हामी सबैको सामुहिक अथक प्रयासले यो वस्ती वास्तव मै विश्व समुदाय माझ एक उत्कृष्ट नमूना बन्ने भएको छ। सारा गैरआवासीय नेपालीहरुको सपना सकार भएको मैले महशुस गरेको छु। अब आउने बैशाख १२ गते उक्त नमूना वस्ती हस्तान्तरण गर्ने योजना भएको हुँदा सो हस्तातन्तरण कार्यक्रम म संघका अभियन्ताज्यूहरु लगायत यहाँहरु सबैलाई अग्रिम हार्दिक आमन्त्त्रण पनि गर्दछु ।
जय एनआरएन !
सोनाम लामा
उपाध्यक्ष तथा संयोजक लाप्राक नमूना वस्ती परियोजना
गैरआवासीय नेपाली संघ
मार्च ४, २०२१
लाप्राक प्रोजेक्ट संबधि पुराना समाचार र लेख:
हामी एनआरएनहरु पनि यही जमीनमा तपाइहरु जस्तै जन्मेका हौ-लामा
https://hollywoodkhabar.com/nrna-airport-sonamlama
घले दम्पति र अबिश्मरणिय एनआरएनए लाप्राक प्रोजेक्ट यात्रा-सोनाम लामा
https://hollywoodkhabar.com/sonam-lama-laprakvisit
NRNA अध्यक्ष डा घलेद्धारा विभिन्न व्यक्तिहरुसँग भेटघाट
https://hollywoodkhabar.com/Prez-ghale-meetsofficials
NRNA लाप्राक ड्रिम प्रोजेक्टमा नेपाली सेना
https://hollywoodkhabar.com/nrna-laprak-nepalarmy