-लाप्राक नमूना बस्तिको अवलोकन तथा निरिक्षण भ्रमण

लाप्राक नमूना बस्तिको अवलोकन तथा निरिक्षण भ्रमण

Hollywood Khabar October 29,2020 Comments

२८-२९ अक्टोवर २०२०

लाप्राक नमूना बस्ति परियोजनाका संयोजक तथा गैरआवासीय नेपाली संघका उपाध्यक्ष, सोनाम लामाको नेतृत्वको एक प्रतिनिधि मण्डलले परियोजना स्थलको भ्रमण गरि कार्यप्रगतिको समिक्षा गर्‍यो। झण्डै साढे तीन महिना बर्षाको कारण परियोजना स्थलसम्म पुग्ने बाटो बन्द भएकोमा मिति २/०७/२०७७ देखि बाटो खुला भएको थियो ।

लाभग्राहि र धार्चे गाउँपालिकाका अध्यक्ष, सन्तोष गुरुङ्ग संग संघका प्रतिनिधि मण्डलले एक बैठक गरी कार्यप्रगतिको समिक्षा गर्‍यो र आगामी दिनमा परियोयोजनाको अन्तिम कामहरु कसरी छिटो भन्दा छिटो सम्पन्न गर्ने बिषयमा छलफल भयो। कतिपय लाभग्राहिहरु आ-आफ्नो घरको अन्तिम चरणका निर्माण कार्यहरुमा संलग्न हुँदै गरेका देखियो र करीव ३० घरहरुमा लाभग्राहिहरु बसोवास गर्न थालिसकेका समेत थिए। राष्ट्रिय पूनर्निमाण प्राधिकरणले दक्षिण तर्फ बाटोमा रिटेन्सन वाल र नाला समेत निमार्ण गरेको छ। यसरी लाभग्राहीहरु आफ्नो घर निर्माणमा आफैले निर्माण सामग्रीहरुको व्यवस्था गर्दै निर्माण कार्यमा स्वयंम संलग्न भएकाले छिटै घरहरुमा आफै बसोबास गर्ने जानकारी गराए।

बाटो खुला भएकोले अन्तिम चरणको निर्माण कार्यको लागि आवश्यक निर्माण समाग्रीहरु संघले एक दुई दिन भित्र निर्माण स्थलमा पुर्‍याउने र लाभग्राहिहरुले संघ र धार्चे गाउँपालिका बीच भएको सम्झौता अनुसार निर्माण कार्य छिटो सक्ने गरी कामको थालनी गर्ने र वडा कार्यालयको सिफरिस अनुसार निर्माण सम्पन्न भएका कार्यहरुको संघले भुक्तानी दिने निर्णयहरु भयो।

यसै गरी लाभग्राहिहरुलाई जग्गा धनि पूर्जा उपलब्ध गराउने कार्य अन्तिम चरणमा पुगेको र त्यसको लागि लाभग्राहिहरु स्वयम् अग्रसर हुन पर्ने भएकोले, निशुल्क मिटर र बस्तिमा विद्युतिकरण गर्न गाउँपालिकाले पहल गर्ने सहमति समेत भयो।

बैठकमा झण्डै पचास घरधूरीका लाभग्राहिहरु र संघको तर्फबाट परियोजनाका सह–संयोजक श्याम तामाङ्ग, संघका कार्यकारी निर्देश राजेश शम्शेर राणा र परियोजना स्थलमा रहेका परियोजनाका कार्मचारीहरुको सहभागीता रहेको थियो।

गैरआवासीय नेपाली संघ, सचिवालय

मिति: ३० अक्टोवर २०२०