लाप्राकिको मायाँले तान्यो घले दम्पतिलाई  

Hollywood Khabar April 01,2018 Comments

सोनी शर्मा/लाप्राक

गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा शेष घले तथा संघका निवर्तमान आइसीसी सदस्य जमुना गुरुङ अन्य एनआरएन अभियन्ताहरुका साथ्  जव लाप्राक नमुना बस्तीमा पुग्नुभयो, पुग्नासाथ लाप्राकीहरु स्वागत गर्न बाटोमै आइपुगे।लाप्राकि सम्मानका लागि लामबद्द थिए लहरै उभिएका हिमालका लहर जस्तै।नमुना बस्ति निर्माणमा श्रमदानमा खटिएका नेपाली सेना पनि घले दम्पतिको टिमलाई देख्नासाथ निक्कै उत्साही भएका थिए।

समुन्द्र सतह देखि २८सय मिटर उचाइमा रंगीचंगी फुलेका लालीगुराँसका बिचमा निर्माणाधीन  ६ सय १५ घरधुरी रहेको नमुना बस्तिले स्वर्गमा पुगेको भान भएको थियो।घले दम्पतिको मुहारमा खुशी तरंगित भएको थियो,त्यहि खुशीमा लालीगुराँस फुलको माला संगै लाप्राकिले देखाएको मायाले झनै खुशीको माहोल छाएको थियो।२०७२ सालमा आएको विनासकारी भुकम्पको केन्द्रबिन्दु भन्दा माथिको सुन्दर लाप्राक गाउँमा भुकम्प पिडितका लागि एनआरएनएले बस्ति निर्माण गरिरहेको छ।

गोर्खा जिल्लाको लाप्राक गाउँमा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा शेष घलेले आफ्नो कार्यकालमा भुकम्प पिडितका लागि लाप्राकमा शुरु गर्नुभएको नमुना बस्तिमा डा शेष घले संगै जमुना गुरुङले लाप्राकी माटोमा कयौं समय बिताएको भन्दै लाप्राकीघले दम्पतिको वरिपरि माहुरीले रानो घेरेझै झुम्मिरहे।लाप्राकमा भुकम्प बाट दुइवटा पक्कि घर गुमाएकी ७१ बर्षीय कान्छी गुरुङले आफ्नो पिडामा साथ् दिएर बस्ति बनाइदिने घले दम्पतिलाई आज आँखा सामु फेरीपनि देख्न पाउँदा खुशीले मन फुरुङ्ग भएको बताइन्। त्यस्तै ८१ बर्षीय देशमान गुरुङले यातिराम्रा घर बनाइदिने व्यक्ति लाप्राक आएको भन्दै घले दम्पतिलाई भेट्नकै दुइ घण्टा हिडेर लाप्राकमा घले दम्पतिलाई भेट्न आएको बताए। गुरुङले आफ्नो यस नँया घरमा बसेर मात्र मर्ने धोको रहेको सुनाए।लाखौँ एनआरएनहरुको पहिचान बोकेको लाप्राक नमुना बस्ति निर्माण स्थलमा लाप्राकि र एनआरएनका सीईओ संगछलफल गर्दै डा घलेले लाप्राक नमुना बस्ति निर्माण एनआरएनको पहिचान संग जोडिएको भन्दै तयार भएका चिटिक्क परेका घर औल्याउनु भयो।

ड़ा घलेले बिपत्ति थेग्न सक्ने गरि एनआरएनको परामर्श र राय सुझावमा बनाइएको बस्ती चरणबद्द रुपमा अघि बढेकोमा खुशी ब्यक्त गर्दै  पहिलेकै सम्झौता अनुरुप निर्माण सम्पन्न गरि बस्ति हस्तान्तरण गर्ने धोको रहेको बताउनुभयो।तेसैगरि लाप्राक बस्तीमा लामो समय आफै अहोरात्र खट्दै लाप्राकी माटोमा भिज्नुभएकी  जमुना गुरुङले शुरुमा सरकारको मान्यता अनुसार प्राविधिक परिक्षण गरि नमुना बस्ति निर्माण थालिएको भन्दै पहिलाकै डिजाइनमा नमुना बस्तीको निर्माण कार्य छिट्टो सम्पन्न गरि लाप्रकिलाई हस्तान्तरण गरेको दिन आफु झन् खुशी हुने बताउनुभयो।

गुरुङले लाप्राक बस्ति निर्माणमा कुनै कसर बाँकी नराखी  आफ्नै घर सम्झदै गुणस्तरीय  निर्माण गर्नुपर्ने भन्दै  निर्माण शैली फेर्दा बढी जोखिम र समयपनि धेरै खर्च हुने भएकाले पहिलेकै गुणस्तरमा बस्ति बनाउँदा आर्थिक अभाव भएमा आफुले सहयोग गर्न तयार रहेको जानकारी दिंदा लाप्राकिको मुहारमा खुशी छाएको थियो।

 

त्यस्तै लाप्राक गाउँपालिका वडा नम्बर ४का अध्यक्ष  राज गुरुङले हिउँदे हिउँ र बर्षे झरीले गर्दा निर्माण कार्यमा अवरोध हुने भन्दै पहिलेको डिजाइनमा बस्ति निर्माणलाई निरन्तरता दिनुपर्ने बताए ।घले दम्पति संगै निर्माधीन नमुना बस्तीको अवलोकन गर्न एनआरएनका सचिव जानकी गुरुङ, एनआरएन युकेका  पुर्व अध्यक्ष योगेन क्षेत्री,पुर्वआरसी एसिया प्यासिफिक त्रिलोक गुरुङ,बहराइनका पुर्व अध्यक्ष  श्याम  तामांग,युएसएका पासाङ्ग लामा, पुर्व महासचिव तेन्जी शेर्पा,कर्मा शेर्पा ,एनआरएनएका सीइओ हेमन्त दवाडी लगायतले घले दम्पति संगै लाप्राक पुगेर आफ्नो संहयोगमा बनेको बस्ति र लाप्राकिको मायामा रमाउनुभयेको थियो।घले दम्पति लाप्राकी संग बिदा भए पछिपनि फेरी आउनु है भन्दै लाप्राकिले कान्लामा बसी आँखाले देखेसम्म  बिदाइका  हात  हल्लाई रहे !