लापर्वाहीका कारण मान्छे मरेको आरोपमा ठेकेदार र कामदार पक्राउ

0
shares

by Soni Sharma | Updated: 10 Feb 2019

116 views
-तस्बिर वेब

२७ माघ, बनेपा काभ्रे।काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ सरस्वती बजारस्थित घर बनाउने क्रममा माथिल्लो तल्लाबाट फलामको पाइप खसेर पैदलयात्रीको मुत्यु भएपछि ठेकेदार र कामदार पक्राउ परेका छन्।सरस्वती बजारस्थित सुवर्ण श्रेष्ठको घर बनाउने क्रममा गत सोमबार माथिल्लो तल्लाबाट फलामको पाइप खसेर पैदलयात्री महाभारत गाउँपालिका–३ का ५५ वर्षीय देवीबहादुर ठाडा मगर घाइते भएका र उहाँको उपचारका क्रममा मुत्यु भएपछि ठेकेदार र कामदार पक्राउ  परेका हुन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार भक्तपुर नगरपालिका–२ घर भएका ठेकेदारे कृष्णराम अवालसहित दुई कामदारलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ ।“ठेकेदारसहित तीनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ”, प्रहरी नायब उपरीक्षक गिरीले भन्नुभयो, “उहाँहरुले लापर्वाही ढङ्गले काम गरेर निर्माण सामान खसी पैदलयात्रीको मुत्यु भएको छ, थप अनुसन्धान भइरहेकाले ज्यान मुद्दा सम्बन्धीको कारवाही हुनसक्छ ।” 

घरधनी श्रेष्ठले भने यसअघि नै मृतक परिवारलाई ६ लाख क्षतिपूर्ति उपलब्ध गराइसकेको मृतकका आफन्त उपेन्द्र ठाडा मगरले बताउनुभयो । ठेकेदारले भने क्षतिपूर्ति दिन इन्कार गरेको र कानून बमोजिम नै हुने बताएपछि त्यहीअनुसार प्रक्रिया अगाडि बढाइएको छ । मृतक मगर महाभारत गाउँपालिका–३ का वडा सदस्य समेत हुनुहुन्थ्यो