-NRNA NCC USA:अध्यक्षका उम्मेदवार लम्साल भन्छन-मुद्धा होइन अध्यक्षलाइ इमेल चाहिँ गरेको हो

NRNA NCC USA:अध्यक्षका उम्मेदवार लम्साल भन्छन-मुद्धा होइन अध्यक्षलाइ इमेल चाहिँ गरेको हो

Hollywood Khabar April 10,2019 Comments

कृष्ण के सी/अमेरिका/४/११/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिका २०१९-२०२१ निर्वाचनमा अध्यक्षका आकांक्षी सुर्य लम्सालले आफूले मुद्धाको कुरा गरेको सत्य नभएको बताएका छन्।

लम्सालसँग एनआरएनए एनसीसी अमेरिकाको आसन्न निर्वाचनलाइ लिएर मुद्धाको तयारी गरेको, कानुबिद समेत भेटेको भन्ने सम्मको समाचार आएको छ भन्ने प्रश्न गर्दा उनले सो प्रतिक्रिया दिएका हुन्। लम्सालले भने मुद्धा गर्न हुन्न भन्ने मेरो मान्यता हो। मैले मुद्धाको कुरा गरेको होइन तर एनआरएनए एनसीसी अमेरिकाका अध्यक्षलाइ इमेल भने गरेको हो। त्यसैलाई मिडियाले हतारमा ब्रेकिङ्ग न्यूज भन्दै मुद्दा भनेर फालेका होलान।

मैले अध्यक्षलाइ इमेलमा तीन कुरा सोधेको छु, त्यसको कपि मेम्बर्शिप भेरिफिकेशन, सुपरभाइजर टीम र आइटी टीम समेतलाइ दिएको छु। धेरै सदस्य, आम नेपाली समुदायको चासो र गुनासो हालका इलेक्शन प्रमुखले गत निर्वाचन निष्पक्ष गर्न नसकेको भन्ने आरोप के हो, फेरी पनि यस्तो कम्प्लेन आएका व्यक्तिलाई इलेक्शनको जिम्मा दिंदा विश्वासनीयतामा संका उठेको कुरा सोधेको छु।

अर्को कुरा सदस्यता दिने अन्तिमका तीन दिन साइट डाउन किन भयो त्यसको लागि आइटी बिशेसज्ञको टोली बनाएर छानविन गर्नुपर्छ भनेको छु।अर्को कुरा २६ फेब्रवरीमा सकिएको सदस्यताको भेरिफिकेशन मार्चको अन्त/अप्रिल पहिलो हप्ता सम्म कुन ब्लाक बक्समा बस्यो, त्यसको जिम्मा कसले लिने, जवाफ चाइयो भनेको छ।

यी सबै हेर्दा निष्पक्ष निर्वाचन हुने कुरामा आशंका लागको छ। निर्वाचनको परिणाम भन्दा निर्वाचन प्रक्रिया पहिला नै मैले आवाज उठाएको हुँ, प्रश्न गरेको हुँ लम्सालले भने। समाचारमा आएको जस्तो मुद्धाको तयारि गरेको हो त ? त्यो त खै लेख्ने मिडियाले नै जानोस तर मैले मिद्धाको तयारी गरको छैन, वकिल भेटेको पनि छैन।

अब के गर्नुहुन्छ भन्ने प्रश्नमा लम्साल- २४ घण्टाको समय दिएर एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष डा केशब पौडेललाइ प्रश्न गरेको छु। जवाफ हेरौं नभए पब्लिकमा आउंछु, सबै प्रमाण र कारण सहित प्रेस कन्फ्रेन्स पनि गर्छु।