-NRNA अमेरिका चुनाब: पश्चिम राम्रोभयो, पूर्वमा सुन्दर अब डेन्भर जाँदै छु, लम्साल

NRNA अमेरिका चुनाब: पश्चिम राम्रोभयो, पूर्वमा सुन्दर अब डेन्भर जाँदै छु, लम्साल

Hollywood Khabar April 27,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२८/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा अध्यक्षका उम्मेद्वार सुर्य लम्सालले आफ्नो स्थिति अत्यन्तै रामो भएको बताएका छन्।

लम्सालले आफ्नो पश्चिमको सान फ्रान्सिस्को र लस एन्जल्सको बहस र भेटघाट अत्यन्तै राम्रो भएको कुरा हलिउडखबरसँग बताए। उनले भने, होम टाउन न्यूयोर्क र आसपासमा पहिला देखि नै राम्रो छ, ऐले कनेक्टिकटतिर गइयो, भेटघाट अत्यन्तै सुन्दर भयो। साथमा उपाध्यक्षका उम्मेध्द्वार महेश मल्ल र महासचिवका उम्मेद्वार अन्जन चौलागाइँ, बोर्ड सदस्यका उम्मेद्वार अनिल राज पाण्डे पनि हुनुहुन्थ्यो। अब भने डेन्भरमा हुने बहसका लागि त्यसतर्फ लाग्दै हो, लम्सालले भने।