लामो दूरीमा २ चालक नराखे गाडी मालिक या कम्पनिलाई कार्वाहि हुने

0
shares

by Soni Sharma | Updated: 13 Aug 2019

83 views
यातायात व्यवस्था विभाग

२९ साउन काठमाडौं।यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा अनिवार्य २ चालक राखेर नचलाए व्यवसायी(काडी मालिक या कम्पनी)लाई कारबाही गर्ने चेतावनी दिएको छ।लामो दूरीमा एक जनामात्र चालक हुँदा बस त्रिशुली नदीमा खसेर दुर्घटनामा परेपछि विभागले मंगलबार सूचना जारी गरी २ चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो ।

लामो दूरीमा चल्ने गाडीमा दुई जना चालक भए नभएको मुलुकभर अनुगमन गरिने विभागले जनाएको छ ।