तस्बिर साभार वेब

लम्की चुहा नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा आगजनी

Hollywood Khabar September 14,2019 Comments

३० भदौ कैलाली।कैलालीको लम्की चुहा नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा आगजनी भएको छ।गत शनिबार राति नगर प्रमुख महादेव बजगाईको कार्यकक्षमा आगजनी भएको हो।आगजनीबाट कार्यकक्षमा सामान्य क्षति भएको छ। 

आगजनीबाट नगरप्रमुखको कुर्सी, कार्यकक्षमा रहेको स्टेप्लाइजर र एसीमा क्षति पुगेको छ।कार्यकक्षको झ्यालको शीशा फुटाई आगजनी गरेको स्थानीय युवराज न्यौपानेले बताए।न्यौपानेका अनुसार कार्यकक्षमा एक हथौडा र बोतल फेला परेको छ।बिहान ७:३० बजेतिर कार्यालयका कर्मचारीले आगजनीबारे थाहा पाएका थिए।इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले इलेक्ट्रिक सर्ट भएर आगजनी भएको हुनसक्ने बताए ।

उनले स्टेप्लाइजर र एसीमा क्षति पुगेको बताउँदै इलेक्ट्रिक सर्ट भएका कारण आगजनी भएको हुनसक्ने बताए।घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।