तस्बिर वेब

लामिडाँडा एयरपोर्टको स्तरोन्नती:समिट एयरको जहाजको सफल परीक्षण उडान

Hollywood Khabar June 17,2019 Comments

४ असार,खोटाङ।लामिडाँडा एयरपोर्टको स्तरोन्नती गरिएको छ।साढे दुई वर्षअगाडि शुरु भएको स्तरोन्नती योजनाअनुसार धावनमार्ग तथा एप्रोन एरिया पीच गरिएको छ।

स्तरोन्नती सकिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार समिट एयरको जहाजको सफल परीक्षण उडान गरेको छ।प्राधिकरणका वरिष्ठ अधिकृत तथा आयोजना प्रमुख विनायक भट्टराईका अनुसार ६ करोड ३४ लाख रुपैयाँ लगानीमा लामीडाँडा एयरपोर्टको स्तरोन्नती गरिएको हो।