साङ्केतिक तस्बिर:साभार वेब

लम्बियो लकडाउन: जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय

Hollywood Khabar May 29,2020 Comments

१७ जेठ, काठमाडौं । सरकारले १२ दिन लकडाउन थप गरेको छ ।आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार ४ सय १ पुगेको छ ।
हालसम्म ५३ जिल्लामा कोरोना भाइरस फैलिएको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।