-NRNA अमेरिका चुनाब: अमेरिकाको २०१९ निर्वाचनमा उपाध्यक्षका उम्मेदवार बाबुराम (बिआर) लामा

NRNA अमेरिका चुनाब: राज्य च्याप्टरहरुको समन्वय गर्न लामा उपाध्यक्षका उम्मेदवार भएको बताउँछन्

Hollywood Khabar May 13,2019 Comments

कृष्ण के सी/अमेरिका/५/१४/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) अमेरिकाको २०१९ निर्वाचनमा उपाध्यक्षका उम्मेदवार बाबुराम (बिआर) लामाले एनसीसी र च्याप्टरहरु बीचको समन्वय गर्न क्षेत्रीय उपाध्यक्षमा उमेदवारी दिएको बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाको महासचिव बाबुराम लामा क्षेत्रिय उपाध्यक्षका उमेदवार हुन्। न्यूयोर्क बस्ती आएका लामाले यसअघि संघको बरिष्ठ उपाध्यक्षमा उमेदवारी दिने बताएका थिए। एनसीसी र च्याप्टरबीचको समन्वयकारी भूमीका निभाउनलाई क्षेत्रिय उपाध्यक्षमा उमेदवारी दिने निर्णय गरेको कुरा उनले बताए।

कुनै पनि संस्थामा पद भन्दा आफ्नो आवश्यकता र भूमिका महत्वपूर्ण बताउँने लामा आफु कुनै व्यक्ति बिशेषको समूहमा नरहेको तर विचार र एजेण्डा मिल्ने साथीहरु एकै कित्तामा रहेको बताउँछन । विगतमा एनआरएन ईजरायलको महासचिव रहेर काम गरिसकेका लामाले अमेरिकाको एनआरएलाई संस्थागत रुपमा अघि बढाउँन आफूले उल्लेख्य भूमिका खेल्दै आएको दावी गरेका छन्।

निर्वाचनको क्रममा सस्तो लोकप्रियताको निम्ति आफ्नो खास एजेण्डा र प्रतिबद्धता नरहेको बताउँदै लामाले संस्थाको लक्ष्य र उद्देश्य प्राप्तिको लागि संस्थाको विधानले निर्दिष्ट गर्ने काम, कर्तव्य र अधिकारको निम्ति सदैव लागि पर्ने बताए। सदस्य संख्याको हिसाबले एनआरएन अमेरिका अन्य देश भन्दा ठूलै देखिए पनि अझै पनि संघले गर्नु पर्ने र गर्न सक्ने कामहरुको फेहरिस्ता लामै रहेको उनको भनाई छ ।

एनआरएनमा आफु जनहितको लागि काम र सेवा गर्न निरन्तर रुपमा लागि परेको बताउँदै लामाले भने एनआरएनलाई सबैको साझा बनाउँन संस्था आफै समाबेशी र पारदर्शि हुनु अनिवार्य छ, यसैको पक्षमा म निरन्तर लागि पर्नेछु।