-ललितपुरको इकुडोलमा चट्याङ्मा परेर एकजनाको मृत्यू

ललितपुरको इकुडोलमा चट्याङ्मा परेर एकजनाको मृत्यू

Hollywood Khabar May 26,2020 Comments

सन्तोष दाहाल/ललितपुर/५/२७/२०

बागमती गाउँपालिका # ५ इकुडोलमा चट्याङ लागेर एक युवकले ज्यान गुमाएका छन्। मे २७, २०२० बुधबार दिउँसो माझखण्डस्थित आफ्नै घरमा चट्याङ पर्दा २८ वर्षीय हिरालाल बोम्जनको मृत्यू भएको हो। घटनाबारे बागमती गाउँपालीका #५ वडाध्यक्ष साजन दर्लामी मगरले जानकारी दिएका हुन।

घटनाको बखत बोम्जन विद्युत लाइनको एमसिवी चलाउँदै गर्दा लागेको चट्याङबाट बोम्जनको ज्यान गएको वडाध्यक्ष मगरले बताए। घटनाबाट गम्भीर घाईते भएका उनलाई भट्टेडाँडा स्वास्थ्य केन्द्र ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको बताइएको छ।