-मेयर चिरीबाबु महर्जनले अपाङ्गता भएका दिप्ताम्शु धिताल र प्रितम विशुंखेलाई परिचयपत्र दिएर यो कार्यको सुभारम्भ गरेका हुन्

ललितपुर महानगरले आपाङ्ग परिचय पत्र दियो, अब उनीहरुको लागि ट्याक्सी किन्ने

Hollywood Khabar July 09,2019 Comments

ललितपुर/जुलाई १०, २०१९

ललितपुर महानगरपालिकाले शारिरिक रुपमा आपाङ्ग भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्न सुरु गरेको छ।

ललितपुर महानगरपालिकामा बुधबार आयोजित कार्यक्रममा मेयर चिरीबाबु महर्जनले अपाङ्गता भएका दिप्ताम्शु धिताल र प्रितम विशुंखेलाई परिचयपत्र दिएर यो कार्यको सुभारम्भ गरेका हुन् । नेपाल सरकारले २०५६ सालदेखि आपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गर्दै आएको थियोे। पछि २०६० सालबाट यो कार्य प्रत्येक जिल्लाका महिला विकास कार्यालयहरु मार्फत गरिदै आएको थियो ।

परिचयपत्र वितरण सुभारम्भको अवसरमा मन्तव्य राख्दै मेयर चिरीबाबु महर्जनले आपाङ्गता भएका व्यक्तिहरुलाई महानगरले बार्षिक एकमुष्ठ पाँच हजार रुपैयाँ उपलब्ध गराउने वताए। मेयर महर्जनले आपाङ्गता भएका व्यक्तिहरुको समस्याप्रति ललितपुर महानगर अत्यन्तै संवेदशील रहेको वताए।

उनले भने, हामी आपाङ्गता भएका व्यक्तिहरुको लागि आवतजावतमा सहजता ल्याउन आपाङ्गता मैत्री ट्याक्सी भित्र्याउँने तयारीमा छौं। महनगरको कार्यालयलाई आपाङ्गता मैत्री बनाउनका लागि लिफ्ट जडानको कार्य अन्तिम चरणमा पुगेको मेयर महर्जलने वताए। उनले महानगरभित्र बन्ने सबै कार्यालयहरु आपाङ्गता मैत्री हुने जानकारी दिए।

परिचयपत्र वितरण समन्वय समितिको संयोजक तथा उपमेयर गीता सत्यालले यो परिचयपत्र वितरण कार्यक्रमले महानगरभित्र रहेका आपाङ्गता भएकाहरुको एकीन तथ्याङ्क प्राप्त हुने वताइन् । उनले भनिन्, यो तथ्याङ्क प्राप्त भएपछि महानगरलाई आपाङ्गता मैत्री कार्यक्रम ल्याउन र योजना बनाउन मद्दत पुग्ने छ । उपमेयर सत्यालले महानगर आपाङ्गता भएका व्यक्तिहरुको समस्याहरुप्रति गम्भीर र चिन्तनशील रहेको वताइन् ।

देशमा संघीयता कार्यान्वयनसंगै अपाङ्गता परिचयपत्र वितरण गर्ने कार्यको जिम्मेवारी स्थानीय तहमा आएको हो। त्यही अनुरुप ललितपुर महानगरपालिकाले गएको पौषमा भएको तेस्रो नगरसभाबाट अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण सम्बन्धि कार्यविधि जारी गरेको थियो । सोही कार्यविधि अनुरुप महानगरले अपाङ्गता परिचयपत्र वितरण सुभारम्भ गरेकोहो असार २५ गतेबाट सुरु भएको यो परिचय पत्र वितरण कार्य प्रत्येक हप्ताको विहिबार हुने ललितपुर महानगरपालिकाले जनाएको छ ।

आपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरिने कार्डलाई रातो, निलो, पहेलो र सेतो गरी आपाङ्गताको स्तरका आधारमा चार प्रकारमा वर्गीकरण गरिएको छ । शारिरीक, बौद्धिक लगायतका दश प्रकारका आपाङ्गता भएका व्यतिmहरुलाई उनीहरुको स्वास्थ्य परिक्षणका आधारका स्तरको वर्गीकरण गरिने व्यवस्था छ ।