-ललितपुरमा एकै दिन ५ जनामा कोभिड १९ पोजिटिभ पुष्टि, देशभरमा २४ हजार ४६

ललितपुरमा एकै दिन ५ जनामा कोभिड १९ पोजिटिभ पुष्टि, देशभरमा २४ हजार ४६

Hollywood Khabar June 30,2020 Comments

सन्तोष दाहाल,ललितपुर/७/१/२०

ललितपुरमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस सम्मेलनमा उक्त कुराको जानकारी दिएका हुन् ।

स्वास्थ कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालका अनुसार आज देखिएका संक्रमितहरुमा गोदावरी नगरपालिका वडा नं ११ चापागाउँका ६६ वर्षिय पुरुष, महालक्ष्मी नगरपलिका वडा नं ८ लुभुका २३ वर्षकी महिला रहेका छन्। त्यस्तै ललितपुर महानगरपालिका वडा नं १५ सातदोबाटोका ३४ वर्षिय महिला, ललितपुर महानगरपालिका वडा नं १४ थसीखेलका ३३ वर्षिय महिला र ललितपुर महानगरपालिका वडा नं २३ हात्तीवनका २४ वर्षिय महिला रहेका छन्। सातदोबाटोमा भेटिएका संक्रमित अल्का हस्पिटलमा स्वास्थ्यकर्मी रहेको डा गेलालले बताए ।

पाँचैजनालाई ललितपुरको पाटन अस्पताल राखिएको छ। अस्पतालको कोभिड वार्डको आइसोलेसनमा राखेर उपचार भइरहेको डा गेलालले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ८८६ जनामा पिसीआर परीक्षणमा ४८२ जना संक्रमित थपिएका छन्। योसंगै देशभर संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।