ललितपुर बार एशोसिएसनद्वारा ४८ घण्टे मेलमिलाप आधारभुत तालिम सञ्चालन

0
shares

by Soni Sharma | Updated: 20 Jul 2019

370 views
सबै तस्बिर अभिमन्यु दिपक

४ साउन ललितपुर।नेपाल मेलमिलापकर्ता समाजको सहयोगमा ललितपुर बार एशोसिएशनले मेलमिलाप सम्बन्धि आधारभुत तालिम २०७६ साउन ३ गतेबाट शुरु गरेको छ।कानुनव्यवसायहरुको वृत्ति विकासलाई पहिलो प्राथमिकतामा राखेर कानुन व्यवसायीहरुको आग्रहलाई मध्यनजर गरि मेलमिलाप सम्बन्धि आधारभुत तालिम २०७६ साउन ३ गतेबाट शुरु गरेको हो।

कानुन व्यवसायीहरुका लागि विभिन्न वृत्ति विकासका लागि आवश्यक तालिमहरु सञ्चालन गर्दै कानुन व्यवसायीहरुको हकहितका लागि सदा अग्रसर हुदै र आफ्ना सदस्यहरुलाई विभीन्न बिषयमा दक्ष गराउने उद्देश्यका साथ ललितपुर बार एशोसिएशन तालिम सञ्चालन गरेको कुरा ललितपुर बारका अध्यक्ष अधिवक्ता दिपक कुमार बिष्टले बताउनु भयो।

२०७५ भाद्रदेखि लागुभएको देवानी तथा फौजदारी संहिता तथा स्थानिय सरकार सञ्चालन ऐनमा भएको कानुनी व्यवस्थाले मेलमिलापलाई महत्वकासाथ हेरिएको पाईन्छ।त्यतिमात्र नभइ मेलमिलापका माध्यमबाट विवादको समाधान कानुनले नै तोकेका कारण यस्ताखाले तालिम कार्यक्रमहरुको झन महत्व बढ्दै गएको अध्यक्ष बिष्टले बताउनु भयो।उहाँले थप्दै भन्नु भयो–आफुले कानुन व्यवसायीलाई सक्षम बनाउन आवश्यक पर्ने तालिम कार्यक्रम,अन्तरक्रिया,बिषयगत यस्तै अन्य तालिमहरु लगायत बिभीन्न कानुनी बिषयक गोष्ठीहरु समेत ललितपुरबारले गर्दै आएको छ।

उक्त तालिम नेपाल मेलमिलापकर्ता समाजको सहयोगमा ललितपुर बार एशोसिएसनको आयोजनामा भईरहेको छ। तालिम २७/२७ जनाको दुई समूहमा सञ्चालन गरिएको छ। मुख्य प्रशिक्षक डा कुमार शर्मा आचार्य र दिपक कुमार बिष्ट हुनुहुन्छ भने कार्यक्रमको संयोजन बारका उपाध्यक्ष अधिवक्ता दयाभक्त डंगोलले गर्नुभएको छ ।